सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा पूर्व एमाले र माओबादी बिचको जिल्ला जिल्लामा विद्यमान आन्तरिक कलह बल्झैदै बाहिर आउन थालेको छ ।

नेकपा दैलेखको आन्तरिक कलह बल्झदै गएर भाँडभैलो हुदै बाहिर छताछुल्ल भएर सतहमा देखापर्न शुरु भएको छ। पार्टी संस्थापन पक्षले हरेक निर्णय एकलौटी गरेको भन्दै विद्रोही पक्षले शनिबार समानान्तर कमिटि गठन गरेको सार्वजनिक भए सँगै नेकपा दैलेखको विवाद सतहमा देखा परेको हो।

पार्टी अध्यक्ष रवीन्द्रराज शर्मा र सचिब प्रेमबहादुर कटुवालले एकलौटीरुपमा जिल्लाको एकीकरण टुंग्याएको आरोप लाउदै प्रदेश कमिटि सदस्य अम्मरबहादुर थापाको नेतृत्वमा विद्रोह बाहिर आएको हो।

थापाले जिल्ला कमिटि अध्यक्ष र सचिबले केन्द्रको निर्देशन विपरित आफूखुसी ढंगले एकल निर्णय गरेको भन्दै समानान्तर कमिटि गठन गर्न बाध्य भएको बताए। संस्थापन पक्षले जिल्लामा हालै ९० वडा कमिटि, ११ स्थानीय तह कमिटि, २ प्रतिनिसभा क्षेत्रीय कमिटि र ४ प्रदेश कमिटि गठन गरेको थियो। विद्रोही समूहले जिल्लादेखि स्थानीय तहसम्म समानान्तर कमिटि गठन गरेको छ।

विद्रोही समूहको नेतृत्व नेकपा कर्णाली प्रदेश कमिटीका सदस्य अम्मरबहादुर थापाले गरेका छन्। पूर्वएमाले पक्षधर थापालगायत असन्तुष्ट पक्ष पार्टी अध्यक्षले मनोमानी ढंगबाट संगठन विस्तार गर्न खोजेको भन्दै आक्रोशित भएका छन्।

पार्टी इन्चार्ज लक्ष्मीप्रसाद पोखरेल, सह–इन्चार्ज राजबहादुर बुढा, प्रदेश कमिटी सदस्य पार्वती कुमारी विशुन्के, टेकबहादुर खाण, सावित्री मल्ल, गोपाल नेपाली, मायाराम अधिकारी लगाएत विद्रोही समूहमा रहेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार