
कर्तिक ३ गतेको मितिमा पति चित्रजंग शाहीलाई रोहवरमा राखेर लेखिएको निवेदनमा रोशनी शाहीले जिल्ला न्यायाधीश बाबुराम सुवेदीसमक्ष बुझाएको पत्रमा श्रीमान् म माथि बलत्कार भएको छैन भनेकी छन् ।
जसको बलत्कारको अभियोग कृष्णबहादुर महरा माथि लागेका थियो उसैले होइन बलत्कार भएको छैन भने पछि दोषि कसलाई मान्ने ? एउटा गंभिर प्रश्न उठेको छ ।
महरालाई दोस्रो पटक म्याद थपका लागि उपस्थित गराएसँगै रोशनीले प्रहरीको दबाबमा उजुरी दिएको भन्दै जिल्ला अदालतका न्यायाधीश सुवेदीको इजलासमा घटनामा पनि कुनै सत्यता नरहेको तर्क गरेकी थिइन ।
असोज १२ गते रातिको समयमा मैले बेहोसी अवस्थामा घटना भएको भन्दै प्रहरीको कन्ट्रोल नम्बर एक सयमा फोन गरी प्रहरीलाई बोलाउन पुगेछु। मैले फोन गरेपछि प्रहरी आएर कोठामा खानतलासी गर्दा कसैलाई भेट्टाउनु भएनछ’, उनको निवेदनलाई उल्लेख गर्दै अदालत स्रोतले भन्यो, ‘प्रहरी गएपछि पनि मैले कस–कसलाई बोलाएँ। के के भने थाहा पाइनँ।
म पछि होसमा फर्केर सामान्य अवस्थामा आउँदा विभिन्न मिडियामा मेरो र कृष्णबहादुर महराको नाम जोडेर विभिन्न किसिमका लाल्छना लगाउँदै आएका समाचार पढेर म नै अचम्ममा परेँ।’ उनले असोज १२ गते राति आफ्नो कोठामा महरा आउँदै नआएको तर्क फेरि गरेकी छन्। ‘उक्त दिन कृष्णबहादुर महरा मेरो कोठामा आउनु नै नभएकाले मिडियामा बाहिर आएका कपोलकल्पित समाचारहरु सबै झुटा छन् भनी यो निवेदन पेश गरेकी छु।
मेरो मानसिक तथा शारीरिक अवस्थाको फाइदा उठाइ गलत प्रचार गर्ने सम्पूर्ण समाचारहरु तथ्यहीन भएकाले खण्डनसमेत गदर्छु’, उनले पेश गरेको निवेदनमा उल्लेख छ।
प्रहरीको बहकाउमा परेर जाहेरी दिन पुगेको उनको तर्क छ। प्रहरीको बहकाउमा आएर कृष्णबहादुर महराविरुद्ध जाहेरी दिन बाध्य भएँ, न्यायाधीशलाई सम्बोधन गर्दै अदालतमा बुझाइएको निवेदनमा भनिएको छ, ‘पुलिसले मलाई जवरजस्ती जाहेरी दिन लगायो। पुलिसले जवरजस्ती उजुरी लेखाएको हो, मैले बहकाउमा लेखेकी हुँ ।
भन्ने जस्ता कुरा लेखेर अदालतमा पेश गरेपछि अब के बाकी रह्यो र अदालतले हेर्न ।
महराले म गएको होइन भनेका छन् चस्मा पहिले त्यहाँ रहेको रहेछ कसैले फुटाली दियो कुरा सकियो । अव के हेर्न बाँकी रहला अदालतले ?
देशमा कति पिडितले ममाथी बलत्कार भयो मलाई बचाउँ भन्दा कसैले अपराधी भेट्न सकेको छैन ।
मदन भण्डारीक हत्यारा खुल्ला घुमेकाछन् । बीरेनद्रका हत्यारा पत्ता लाग्न सकेको छैन । यहाँ पिडित भनिएकाले नै केही भएको होइन , भएको छैन भने पछि के चेक गर्ने ?
रक्सि पहिला खाएको हुन सक्यो । चस्मा पहिल्यै फुटेको हुन सक्यो । रोशनीको होस ठेगान नभएको कारणले पहिला चिनजान भएकी महिलालाई फोन गर्नै पर् यो । कतैबाट पिडितले ममाथी केही भएको छैन भने पछि कुनैप्रकारको कारवाही कानून तः हुन सक्दैन ।
यस्तो अवस्थामा महरा माथि मुद्धा नचल्न सक्छ ।







