
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफू ओरजिनल माओवादी नभएको बताएसँगै उनकै पूर्वसहयात्री बाबुराम भट्टराईले प्रचण्ड ओरजिनल कांग्रेस भएको खुलाएका छन् ।
माओवादीको नामबाट दशवर्ष सशस्त्र आन्दोलन गरी माओवादीकै नामबाट एमालेसँग एकता गरेका प्रचण्डले आपूm ओरजिनल माओवादी नभएको खुलासा गरेसँगै बाबुराम भट्टराईले यस्तो खुलासा गरेका हुन् ।
उनले ट्विट गर्दै प्रचण्डलाई तपाईं ओरिजनल माओवादी नभए के डुप्लिकेट माओवादी हो ? भनी प्रश्न गरेका छन् ।
यो तालले त कुनै दिन तपाईंले आपूmलाई ओरिजनल कम्युनिस्ट थिइनँ भन्नुपर्ला ! किनकि पुष्पलालको हातबाट पार्टी सदस्यता लिएकाले त्यसो भन्ने हो भने पुष्पलाल सुरुमा कांग्रेस हुनुहुन्थ्यो !
पार्टी एकीकरणसँगै नेकपामा नेकपामा अल्पमतमा परेका प्रचण्डले आफूलाई पूर्वएमाले धारलाई नेता मान्नुपर्ने धारणा स्पष्ट पार्ने क्रममा दिएको अभिव्यक्तिलाई लक्षित गरी उनले बाबुरामले यस्तो बताएका हुन् ।
बाबुरामकै भनाइलाई आधार मान्ने हो भने आपूmलाई डुब्लिकेट माओवादी भनी प्रस्टाउने प्रचण्डको ओरजिनल कांग्रेस हुन् भन्दा फरक पर्दैन । किन कि उनी कांग्रेसद्वारा प्रशिक्षित पुष्पलालका चेला हुन् ।







