
संघीय संसद्को सचिवालयमा कार्यरत कर्मचारी रोशनीलाई माथि बलात्कारको प्रयास गरेको आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले साढे ७ वर्ष कैद मागदाबीसहित महराविरुद्ध बिहीबार मुद्दा दर्ता गरेको थियो ।
त्यसको वहस गर्ने इजलाश काठमाण्डौ जिल्लाका एक नंवर न्यायाधीश शुदर्सन पाण्डेको बेञ्चमा तोकिएको छ । उनी सवैभन्दा कडा न्यायाधीश मानिन्छन् । योकरणले गर्दा महरा छुट्ने संभावना न्यून देखिएको छ ।
नेपालको कानूनले बलत्कारी माथि अलि कडा रुख अवलम्न गरेको हुनाले महरा माग गरिए बमोजिम सजायको भागि हुने संभावना बढेको छ ।
अदालत काठमाडौंमा दर्ता भएको अभियोगपत्रमा गत असोज १२ गते महरा रोशनी को कोठामा पुगेको र बलात्कारको प्रयास गरेको उल्लेख छ । दुवै पक्षबीच छिनाझम्टी हुँदा महराको चस्मा खसेर फुटेको थियो । सिसासहितको एउटा फ्रेम महराले लगेपछि एउटा आँखाको सिसा र चस्माको खुट्टा रोशनी को कोठामा छुटेको थियो ।
महराले पछि अनुसन्धानका क्रममा क्षतिग्रस्त चस्मा उपलब्ध गराएनन् । तर कोठामा भेटिएको सिसा र महराले प्रयोग गर्ने चस्माको पावर मिलेको थियो । आरोपपत्रमा भनिएको छ, ‘घटनास्थलमा भेटिएको चस्माको सिसा र फ्रेमको डन्डी महराकै हो भन्ने तथ्य स्थापित भएको देखिन्छ ।
यसरी दायर मुद्धामा धरौटीमा छोड्ने संभावनापनि हुन्छ तर न्यायाधीशको स्वभाव अलि कडा भएकोले महरालाई भाग्यले साथ नदिएकै हो कि ?







