यो कुनै एउटा पुस्ता वा युगमा मात्र सम्पन्न हुन सक्ने कुरा होइन । युगौं चल्ने एउटा प्रक्रिया हो क्रान्ति । त्यसैले हरेक नयाँ पुस्ताका साथीहरू क्रान्तिलाई निरन्तरता दिन तम्तयार हुनुपर्छ ।

साम्यवाद र क्रान्ति सपनामात्र नभएर अकाट्य ऐतिहासिक यथार्थ पनि हो । सबै युवा राजनीतिक रूपले सचेत भएर क्रान्तिको झण्डालाई अघि बढाउन क्रियाशील हुनुपर्छ । व्यक्तिगत रूपमा म आफू पनि क्रान्तिमा क्रियाशील हुँदै सबै साथीलाई झकझकाउँदै आएको छु ।

विश्व कम्युनिस्ट आन्दोलनकै एउटा साझा रोग छ, दक्षिणपन्थी अवसरवाद । हाम्रो पार्टीलाई त्यस्तो समस्याबाट जोगाउन निरन्तर खबरदारी गरिरहेको छु । चिज अहिले सही बाटो हिँडिरहेको छैन । मेरो एक्लो भूमिकाले मात्रै केही हुनेवाला छैन । तर, यो खबरदारी आवश्यक कठोर हदसम्म पनि जान सक्छ । तर, क्रान्तिलाई विसर्जन हुनबाट रोक्नैपर्छ ।

यसो भनिरहँदा प्रतिक्रियावादीहरूले मलाई शान्ति र संविधानविरोधी भन्ने दुस्प्रचार पनि नगरेका होइनन् । तर, मेरो चासो शान्ति र संविधान जनताको पक्षमा हुनुपर्छ भन्नेमात्र हो । जनता र क्रान्तिलाई विश्वासघात गरेर सही अर्थको शान्ति आउनै सक्दैन ।

क्रान्तिको मोर्चालाई हाँक्नुपर्ने युवा साथीमध्ये धेरै विदेश पलायन भएको स्थिति छ । उनीहरू राजनीतिबाट विरक्तिएर मात्र विदेश गएका छन् भन्ने मलाई लाग्दैन । आफ्नो आर्थिक कमजोरीको बाध्यताले गर्दा विदेश गएका छन् । आज हामीले चाहेर पनि उनीहरूलाई रोक्न सक्ने स्थिति छैन ।

नेपालमा मात्रै होइन, विश्वमै कम्युनिस्ट आन्दोलनको एउटा साझा रोग छ, ‘दक्षिणपन्थी अवसरवाद’ । महान् क्रान्तिको सपना देखेर र देखाएर आएका हामी यो रोगबाट ग्रसित छौं ।

यतै भएका कति साथीहरू राजनीति मेरो काम होइन भन्दै देश बनाउने दायित्वबाट पन्छिदै गएको पनि देखिन्छ । तर, राष्ट्रले त्यस्ता प्रतिभाशाली साथीहरूबाट धेरै अपेक्षा गरेको हुन्छ । युवा साथीहरूसँग मेरो एउटा आग्रह छ– देश र जनताको मुक्तिका लागि युवाहरूले क्रान्तिको सपना देख्न छाड्न हुँदैहुँदैन । क्रान्तिको ज्योति जगमगाएर साम्यवादको सपनालाई नजिक्याउनुपर्छ । क्रान्ति सहज त छैन तर त्यसको विकल्प पनि छैन ।

विद्यार्थीकालमा गरिब मजदुरमाथि भएको अन्याय, शोषण, अत्याचारबाट दिक्क भएर राजनीतिमा लागेको थिएँ । सबै नेपालीमा सन्तुष्टिको मुस्कान नदेख्दासम्म मेरो क्रान्तियात्रा कुनै हालतमा रोकिँदैन । आवश्यकताअनुसार जस्तो नयाँ भूमिका निभाउन पनि तयार रहन्छु । तर, कहिल्यै जनताको विपक्षमा जान्नँ ।

नेपालमा मात्रै होइन, विश्वमै कम्युनिस्ट आन्दोलनको एउटा साझा रोग छ, ‘दक्षिणपन्थी अवसरवाद’ । महान् क्रान्तिको सपना देखेर र देखाएर आएका हामी यो रोगबाट ग्रसित छौं ।

नेपालको कम्युनिस्ट आन्दोलन तथा मेरो नेतृत्वको पार्टीलाई यो रोगबाट थप ग्रसित हुन नदिन निरन्तर खबरदारी गरिरहेको छु र गरिरहनेछु ।

अहिले जेजस्तो राजनीति भइरहेको छ, त्यो जनताको चाहना, भावना र मुलुकको हितमा छैन । अहिले आफूलाई ‘कम्युनिस्ट’ दाबी गर्नेले सरकारको नेतृत्व गरेका छन् । वास्तवमा उनीहरू कम्युनिस्ट होइनन् । कम्युनिस्ट भनेपछि जनताले पत्याइदिए । त्यत्ति हो । उहाँहरूले कम्युनिस्ट नाम राखेकोमात्रै हो, कम्युनिस्ट हुँदै होइन ।

शिलापत्र अनलाइनसँगको कुराकानीको छोटो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार