रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्रीको रुपमा बर्तमान सरकारका प्रधानमन्त्री केपी ओली बाट जिम्मेवारी पाएका नेकपाका युवा नेता मानिएका योगेश भट्टराई आफन्तलाई आकर्षक जागिर खुवाएको विषयमा पछिल्लो समयमा आएर निकै आलोचित भएका छन् । मन्त्री बनेको ६ महिना नबित्दै उनले एक जना होइन दुई जना होइन चार जना आफूना नजिकका नातेदारलाई आकर्षक जागिर खुवाएको कुरालाई कुनै पनि हिसावले सामान्य र सहजको रुपमा लिन सकिदैन्।

मन्त्री भट्टराईले आफनी श्रीमति बिन्दा घिमिरेलाई नर्सिङ परिषदको प्रमुखमा नियुक्त गरेका छन् । यस्तै भट्टराईले आफ्नो सालोलाईलाई समेत जागिर खुवाएका छन् । उनका साला विश्वम्भर घिमिरेलाई नेपाल भ्रमण बर्षको सचिवालयमा नियुक्त गरेका छन्, भान्जा पिताम्बर सिग्देललाई भ्रमण बर्षको सचिवालयमै नियुक्ती दिलाएका छन् । स्वकिय सचिव प्रेम गुरागाईँकी श्रीमतिलाई नेपाल पर्यटन बोर्डमा नियुक्ती दिइएको छ ।

मन्त्री भट्टराईको लोकप्रिय काम गराई यतिमा मात्रै रोकिएका छैनन् । राजनैतिक शक्तिका आडमा पटक पटक भएका अनियमितता र मनपरितन्त्रका कारण आर्थिक रुपमा मरणासन्न अवस्थामा पुगेको नेपाल बायु सेवा निगमको अध्यक्ष फेर्न उनी कम्मर कसेर लागेका छन् । हालका कार्यकारी अध्यक्ष मदन खरेललाई हटाउने उनले नाटकीय तरीकाले पटक–पटक कार्यदल गठन गरेका छन् ।

देश र जनताको हितको कुरा गर्ने अनि भित्री मनशाय भने कुनै न कुनै उपायले आफनो स्वार्थ पुरा गर्ने कुटिल उदेश्यले ओशाका उडानदेखि निगमको आन्तरिक व्यवस्थापन सुधारको पक्षमा मदन खरेलले कुनै काम नगरेको भन्दै भट्टराईले उनको विकल्प खोज्न थालेको मन्त्री निकट श्रोतबाट बताइएको छ । प्रधानमन्त्री ओलीले नै एन ए सीको कार्यकारी अध्यक्ष पदमा खरेललाई नियुक्त गरेका कारणले गर्दा कारण उनलाई हटाउन मन्त्रीका लागि सहज छैन । तर, पनि उनले प्रधानमन्त्रीसम्म कुनै उपाय लगाएर खरेलका कमजोरीका कुरा लगाएर भए पनि अध्यक्षमा आफनो मानिसलाई राख्न दिलो ज्यान दिएर लागि परेको स्रोतको दावि छ।

मन्त्री भट्टराईले निगमको कार्यकारी अध्यक्षमा आफ्नो समेत लगानी रहेको गोचाली ट्राभल्सका संचालक भगीरथ सापकोटालाई ल्याउन चाहेका छन् । गोचाली ट्राभल्समा नेकपाका अर्का नेता ता साँसद घनश्याम भूसालको समेत लगानी रहेको छ।

वर्ण मिडियाले तयार पारेको रिपोर्ट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार