नेपाल मामिला विज्ञको रुपमा चिनिने इन्डियन आर्मीमा गोर्खा रेजिमेन्टका तत्कालीन अधिकृत अशोक मेहताले नेपालमा चीनको रणनीतिक उपलब्धीलाई काउन्टर दिनका लागि भारतले जनताको विश्वास जित्नुपर्ने सुझाव दिएका छन् ।

इन्डियन एक्सप्रेसमा एक लेख लेख्दै मेहताले सो कुरा उल्लेख गरेका हुन् । उनको आलेख ‘त्रिकोणात्मक प्रेम’ शीर्षकमा हिजोको इन्डियन एक्सप्रेसमा रहेको भए पनि आज अनलाइन भर्सनमा शीर्षक फेरेर प्रकाशित गरिएको छ ।

उनले आफ्नो लेखमा हालै चीनका राष्ट्रपति सी जिनपिङ्गले नेपाल भ्रमण गरेको, त्यो भन्दा अघि चीनका विदेशमन्त्री वाङ्ग यीले नेपाल भ्रमण गरेको र चीनका राष्ट्रपतिले नेपाललाई ठूलो आर्थिक सहयोगको घाषणा गर्नुका साथै भ्रमणका क्रममा सहमतिमा हस्ताक्षर गरेको प्रसंगसमेत उल्लेख गरेका छन् ।

उनले भारतीय सेनाले चिनियाँ सैन्य प्रभावलाई पनि चुनौतिका रुपमा लिएको उनको लेखमा उल्लेख छ ।

चीनका राष्ट्रपति सी एसियन सेन्चुरीको एकलौटी नेता हुन खोजेको जसका लागि पाकिस्तानको प्रयोग र काठमाडौंको सहयोगमा भारतलाई नेपालसँगको परम्परागत रणनीतिक स्थानबाट रोक्न खोजेको तर भारतका लागि सबै गुमिनसकेको उनले जनाएका छन् ।

भौगर्भिक रुपमा खासगरी  खुला सीमा भारतको पक्षमा रहेको र नेपालमा पुनः स्थान लिनका लागि नेपाली जनताको विश्वास लिने चुनौति रहेको जनाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार