दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीकी नाताले भाञ्जा पर्ने डा.धर्मकान्त बाँस्कोटालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त गरेको छ ।

सरकारको यो निर्णयसँग राष्ट्रपति भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओली आलोचित बनेका छन् । नवनियुक्त उपकुलपति डा.बाँस्कोटा नाताले राष्ट्रपतिका स्वर्गीय पति मदन भण्डारीको भाञ्जा पर्ने स्रोतले जनाएको छ ।

बाँस्कोटालाई उपकुलपति बनाउने निर्णयको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुका सहसंयोजक रन्जित तामाङले नै आपत्ति जनाएका छन् । उनले सामाजिक संजाल फेसबुकमा उपकुलपति नियुक्तिको प्रक्रिया गलत भएको टिप्पणी गरेका छन् । उनले लेखेका छन्–‘त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा.डा.धर्मकान्त बाँस्कोटा नियुक्त हुनुभएको छ, बधाई तथा सफल कार्यकालको शुभकामना छ, । तर उहाँ योग्य र सक्षम हुँदाहुँदै पनि नियुक्तिको बिधि गलत भयो । हामीले बिगतबाट भन्दै आएका थियौ विश्वविद्यालयका पदाधिकारी राजनीतिक नियुक्तिबाट होइन खुला प्रतिस्पर्धाका आधारमा नियुक्त गरियोस् । मेरो भनाइको तात्पर्य सक्षम र योग्य ब्यक्ति खुला प्रतिस्पर्धाको बिधि बसाल्दै नियुक्त गरिनु पर्दथ्यो त्यो भएन यसमा मेरो आपत्ति रहेको छ ।’

उनले भनेका छ्न्, ‘केही विश्वविद्यालयमा रिक्त पदाधिकरीका लागि सरकारले खुला आवेदन माग गरेको छ, त्यो सराहनीय कदम हो, तर देशकै जेठो र ठूलो विश्वविद्यालयमा राजनीतिक नियुक्त गरेर बाँकीमा खुला आह्वान गरिनु जनआवाजका सामु झारो टार्ने मात्र काम भएको छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार