चिकित्सा शिक्षा सङ्घर्ष समितिले २०७२/०७३ देखि राज्यले तोकेको शुल्क कायम गरी अतिरिक्त रकम फिर्ता र समायोजन नभएसम्म विद्यार्थीले सबै कार्यक्रम बहिष्कार गर्ने र निरन्तर सङ्घर्ष चर्काउने निर्णय गरेको छ ।

समितिका संयोजक प्रकाश चन्द र प्रवक्ता नरेश भट्टले पत्रकारसम्मेलनपछि सोमबार प्रेसविज्ञप्ति जारी गरी यस्तो जानकारी दिएका हुन् । समितिले डा. गोविन्द केसीले शिक्षा क्षेत्र सुधारका लागि जारी राखेको आन्दोलनलाई पनि साथ दिने निर्णय गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि हालतमा अतिरिक्त शुल्क फिर्ता र समायोजन गराइछाड्ने र कानुनअनुसार यी मेडिकल भ्रष्ट, दलाल, माफिया र गुण्डाहरूलाई कारबाही गराइछाड्ने अठोट लिएको पनि जानकारी गराउँछौं ।’

चन्द र भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘के यो राज्य व्यवस्थामा भ्रष्टचारशून्य सहनशीलता भनेको हैन र ? के यो राज्य कानुनी राज्य हो ? यहाँ अपराधीलाई कारबाही हुन्छ भनेको हैन र ? के आम नेपाली जनताको पसिना बगाएर कमाएको धनले छोराछोरीलाई राज्यले तोकेको शुल्कमा पढाउँछु भन्न नपाइने हो र ? राज्यले तोकेको शुल्क नमानेर बढी पैसा असुल्नु ठगी हैन र ? अपराध हैन र ? भ्रष्टाचार हैन र ? यी र यस्ता प्रश्न आज सबै मेडिकल शिक्षा लिइरहेका विद्यार्थी र उनीहरूका आमाबुबाको मनमा उठेको छ । अनि यो प्रश्नहरूको जबाफ सरकारले दिन नसक्दा हामीले के बुझौँ सरकार ? हाम्रो अझै पनि अनुरोध छ– तुरुन्त यी माफियालाई कारबाही होस् र २०७२/०७३ देखि यताका सबै स्नातक तहका अतिरिक्त रकम फिर्ता होस् ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘चितवन मेडिकल कलेजले केही दिनअघि गरेको भ्रमपूर्ण पत्रकार सम्मेलनबाट आम चितवनवासी विद्यार्थी र अभिभावकलाई चितवन मेडिकल कलेजले अतिरिक्त शुल्क समायोजन ग¥यो भन्ने भ्रममा नपर्न र त्यो विद्यार्थी र अभिभावक र आम जनतालाई भ्रम छर्नका लागि गरिएको षड्यन्त्र मात्र हो भन्ने कुरामा स्पष्ट रहन पनि अनुरोध गरिन्छ । साथै अब आउने सङ्घर्ष काठमाडौंमा गर्ने र डा. गोविन्द केसीको आन्दोलनले उठाएका जायज मागका लागि विद्यार्थीलेल पनि सङ्घर्ष चर्काउने बेहोरा पनि यसै पत्रकार सम्मेलनमार्फत जानकारी गराउँछौँ ।’

विज्ञप्तिकाे पूर्णपाठ….

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार