मेडिकल शिक्षामा भएको बेथिति र विसंगति अन्त्यको माग गर्दै निजी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले मंगलबारबाट राजधानी केन्द्रित आन्दोलन सुरु गरेका छन्।

काठमाडौं बाहिरका मेडिकल कलेजमा अध्ययनरत् करिब तीन सय विद्यार्थीले आजदेखि माइतीघर मण्डलामा आन्दोलन सुरू गरेका हुन्। उनीहरूले मंगलबार दिउँसो मण्डलमा एक घन्टा नारा-जुलुस गरे।

आन्दोलनरत विद्यार्थीहरु चितवन मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, भैरहवा र नेसनल मेडिकल कलेज, वीरगन्जमा अध्ययनरत् विद्यार्थी आन्दोलनको कार्यक्रम लिएर मंगलबार बिहान राजधानी आइपुगेका थिए।

काठमाडौं आइपुगेलगत्तै उनीहरूले आन्दोलन थालेका छन्। आन्दोलनमा सहभागी विद्यार्थीका अनुसार मेडिकल कलेजहरूले बढी लिएको शुल्क फिर्ताको मौखिक प्रतिबद्धता व्यक्त गरे।

चिकित्सा शिक्षा संघर्ष समितिले आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको छ ।  सरकारले उपत्यका बाहिर गरिएको संघर्ष र आन्दोलनका कार्यक्रमहरुप्रति खासै चासो नदेखाएको आन्दोलनरत विद्यार्थीहरुको आरोप छ ।

बुधबार गन्डकी मेडिकल कलेजका विद्यार्थी पनि थपिने र आन्दोलन तीन दिनसम्म जारी रहने संघर्ष समितिका संयोजक प्रकाश चन्द ठकुरीले  जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार