
भारतले आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागलाई भारतमा गाभेको विषयप्रति विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गम्भीर आपत्ति जनाएको छ ।
भारतले अन्तर्राष्ट्रिय पञ्चशीलको सिद्धान्तको अपहरण गरेको भन्दैं विप्लव नेकपाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनलगायत कडा आन्दोलनको घोषणा गरेको छ ।
पार्टी महासचिव विप्लवले बुधबार विज्ञप्ति जारी गरि भारतको सो कदम नेपालमाथिको अतिक्रमणकारी रवैया र हमला भन्दै एकहप्ते बृहत् संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यो भारतको साम्राज्यवादी, अतिक्रमणकारी रवैया नेपालमाथिको हमला हो । नेपालको स्वाधिनता, नेपालको स्वतन्त्रता, सार्वभौमिकताको ठाडो र नाङ्गो हस्तक्षेप हो । यो भारतको अन्तर्राष्ट्रिय पञ्चशीलको सिद्धान्तको अपहरण पनि हो । हाम्रो पार्टी भारतीय साम्राज्यवादी अतिक्रमणको आपत्ति, विरोध र भत्र्सना गर्दछ ।’








