भारतले कालाापानी र लिपुलेक आफ्नो नक्सामा पारेको विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी सडकमा उत्रिएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)को क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल भारतीय विस्तारवादले गरेको सीमा अतिक्रमणका विरुद्धमा सडकमा उत्रिएको हो ।

काठमाडौं उपत्यका, चितवन लगायतका विभिन्न ठाउँमा सडकमा उत्रिएर मोर्चाले कालापानी क्षेत्र भारतले आफ्नो देशको नक्सामा राखेको विरोधमा प्रदर्शन गरेको छ ।

रत्नपार्क शान्तिबाटिकाबाट निस्किएको देजमोको ¥याली पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्यूरोड, वीरअस्पताल हुँदै पुनः रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।

‘भारतीय विस्तारवाद–मूर्दावाद’ लेखिएको कालो मूल ब्यानरसहित विरोध प्रदर्शनमा उत्रिएको देजमोका नेता कार्यकर्ताहरुले भारतीय हस्तक्षेपका विरोधमा चर्का नाराबाजी गरेका थिए ।

विरोध ¥यालीपछिको कोणसभालाई देजमोका केन्द्रीय महासचिव परि थापाले सम्बोधन गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार