भारतीय साम्राज्यवादले आफ्नो देशको राजनीतिक नक्सामा नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभागलाई गाभेको विषयप्रति यूरोपमा बस्ने नेपालीहरुले तीव्र रुपमा विरोध गरेका छन् ।

भारतले गरेको अन्यायपूर्ण अतिक्रमणको विरोधमा युरोपभरका नेपाली जनप्रगतिशील मोर्चाले विज्ञप्ति जारी गरेका छन् ।

बेल्जियम, जर्मनी, स्पेन, पोर्तुगल, पोल्यान्ड र बेलायतमा सङ्गठित मोर्चाहरूको संयुक्त विज्ञप्तिमा केपी वली सरकार देशभक्त तथा प्रगतिशील शक्तिहरूलाई प्रतिबन्ध लगाउने, फासिवादी दमन गर्ने तर भारतीय साम्राज्यवादको नाङ्गो हस्तक्षेपमा मौनता साधेर बसेकाले आम न्यायप्रेमी जनताले यसको घोर विरोध गर्नुपर्ने उल्लेख छ ।

मोर्चाले जारी गरेको विज्ञप्तिमा सरकारको फासिवादी र आत्मसमर्पणवादी चरित्रको भत्र्सना गर्दै भारतले प्रकाशित गरेको नक्सा तुरुन्त खारेज गर्न माग गरिएको छ ।

विज्ञप्तिको पूर्णपाठ…

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार