सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा पूर्वमन्त्री लेखराज भट्टले भारतको विरोध गर्दै विद्यार्थी संगठनहरु सडकमा आउनु गलत भएको टिप्पणी गरेका छन् ।

बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।  उनले भारतसँग कुटनीतिक तवरले समस्याको हल गरिनुपर्ने धारणा राखेका छन् ।

उनले भारत र चीनबीच युद्ध हुँदा कालापानीमा भारतले सेना राख्दा नेपालले पनि आफ्नो सेना राख्न सक्नुपर्नेथियो भन्ने अभिव्यक्ति दिए ।

लामो समयदेखिको उक्त विवाद हल गर्नको लागि यसअघिका सरकारहरुले पहल नगरेको र आफूहरु सरकारमा हुँदापनि त्यो काम नगरेको उनले स्विकारे ।

उनले भने, जनताको सेन्टिमेन्ट लिनको लागि मात्रै हामी कालापानी खुकुरी लिएर गयौं । त्यो हाम्रो कमजोरी थियो । हामीले ऐतिहासिक पक्षको गहन गर्नुपर्दथ्यो । द्धिपक्षीय वार्ता गर्नुपर्दथ्यो । हामीले देखावटी देशभक्ति काम गर्यौं । लिपुलेकबारे सन् २०१४ मा भारत र चीनबीच सम्झौता गरेर लिपुलेक भारत र चीनको सिमाना राखेको सुनाए ।

नेपाल सरकारले कालापानी र लिपुलेक भारतीय नक्शामा पारिएकोबारे निकालेको विज्ञप्ती झारा टार्ने खालकोमात्रे रहेको कुरा बाहिर बजारमा चर्चामा रहेको पनि उनले सुनाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार