नेकपाका केन्द्रीय सदस्य आदर्शसहित १६ जनालाई प्रहरीले बाजुराको गौमुल गाउँपालिका–३ माझपालीबाट शुक्रबार दिउँसो गिरफ्तार गरेको छ ।

भारतीय हस्तक्षेपविरुद्ध सडक सङ्घर्षमा उत्रिएको नेकपाका केन्द्रीय सदस्य चूडामणि ओली ‘आदर्श’ सहित १६ नेता तथा कार्यकर्तालाई बाजुराबाट गिरफ्तार गरेको हो ।

गिरफ्तारीमा पर्नेहरूमा डम्बर सुनार, नरेश शाही, दीपकप्रकाश सुनार, अमललाल थापा, धर्मबहादुर थापा, उदय कशेरा, राजेशकुमार शाही, डबलबहादुर नेपाली, धर्मसिंह बोहरा, कुश्मा विक, अस्मिता विक, सुस्मिता विक, कमला विक र सृष्टि सिंह छन् ।

नेता आदर्शंलाई गत वैशाख ६ गते पनि प्रहरीले तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्रीबाट गिरफ्तार गरेको थियो । आदर्शलाई सुनसरी जिल्ला अदालतले गत असार २४ गते साधारण तारिखमा रिहा गरेको थियो ।

भारतीय हस्तक्षेपका विरुद्ध सडक सङ्घर्षमा उत्रिएको नेकपाका नेताहरूलाई बिनाकारण गिरफ्तार गर्नु गलत भएको विश्लेषकहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार