भारतीय राष्ट्रिय कांग्रेसले गत लोकसभा र विधानसभाको निर्वाचनमा ८ अर्ब २० करोड रुपैयाँ खर्च गरेको छ ।

कांग्रेसले २०१९ मा भएको लोकसभा र अरुणाञ्चल, आन्ध्र, तेलंगना, उडिसा र सिक्किमको विधानसभा निर्वाचनमा ८ अर्ब २० करोड खर्च गरेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

सन् २०१४ को लोकसभा निर्वाचनको प्रचारका लागि ५१६ करोड रुपैयाँ खर्च गरेको थियो । कांग्रेसले ३१ अक्टोबरमा निर्वाचन आयोगमा आफ्नो खर्चको विवरण बुझाएको हो ।

जसअनुसार कांग्रेसले ६२६.३ करोड रुपैयाँ पार्टीको प्रचारमा र १९३.९ करोड रुपैयाँ उम्मेदवारमाथि खर्च गरेको हो ।

कांग्रेस पार्टीकी तत्कालीन सामाजिक सञ्जाल प्रमुख दिव्या स्पन्दनले आफूहरुसँग पैसा नभएको दाबी गरेकी थिइन् ।

तर त्यसका बाबजुद कांग्रेसले चुनावमा ठूलोमात्रामा खर्च गरेको हो । सत्तारुढ भारतीय जनता पार्टीले भने हालसम्म निर्वाचन आयोगलाई निर्वाचनमा गरेको खर्चको विवरण दिएको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार