
भारतीय हस्तक्षेपको विरोध गर्ने विप्लव नेकपानिकट अखिल क्रान्तिकारीका झण्डै चार दर्जन विद्यार्थीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
कालापानी र लिपुलेकलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा प्रदर्शन गर्दा विप्लव नेकपानिकट अखिल क्रान्तिकारीका ४२ विद्यार्थीलाई प्रहरीले गिरफ्तार गरेको हो ।
भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा पारेको विरोधमा प्रदर्शन गर्ने क्रान्तिकारी विद्यार्थीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो । उनीहरुलाई सार्वजनिक मुद्दा लगाउने तयारी गरेको बुझिएको छ ।
गिरफ्तार हुनेमा अखिल क्रान्तिकारीका प्रभात भट्टराई, गोविन्द बिस्ट, सुवास, धनजन, दयाराम, पूर्णचन्द्र, नवीन बिस्टलगायत ४२ विद्यार्थी रहेका छन् ।
नेपालको झन्डा बोकेर विद्यार्थीले कालापानी, लिम्पियाधुरा र लिपुलेकको माग गर्दै विरोधसभा आयोजना गरेका थिए । लगत्तै प्रहरीले कार्यक्रममा हस्तक्षेप गरी लाठी प्रहर ४२ भन्दा बढीलाई नियन्त्रणमा लिएको हो ।








