कोरियामा बस्ने नेपालीहरुले जेलमा रहेका विप्लव नेकपाका नेता कार्यकर्तालाई आर्थिक सहयोग गरेका छन् ।

कोरियामा बस्ने नेपालीहरूको सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा दक्षिणकोरियामा आबद्ध नेपालीहरूले नेपालको सरकारले अन्यायपूर्वक जेल र हिरासतमा राखेको भन्दै नेकपाका नेता–कार्यकर्ताको आधारभूत आवश्यकता पूरा गर्न सहयोग पुगोस् भन्दै आर्थिक सहयोग आरम्भ गरेका छन् ।

मोर्चाका अनुसार उनीहरूले एकमुष्ट पचास हजार रुपैयाँ सङ्कलन गरेर नेपाल पठाएका छन् ।

मोर्चाका अध्यक्ष आदर्श मगरले प्रेसविज्ञप्ति जारी गरी आर्थिक सहयोग जुटाएको घोषणा गरेका हुन् ।

विज्ञेप्तीमा भनिएको छ –

‘हाम्रो महान् तथा गौरवशाली सङ्गठन नेपाल कम्युनिस्ट पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण स्थलबाट सुतिरहेको अवस्थामा गत असोज ३० गते मध्यरातमा आपराधिक शैलीमा निरङ्कुश सामाजिक फासिवादी कठपुतली दलाल सरकारको ठाडो निर्देशनमा केपी–बादलमण्डलीका बर्दिधारी मतियारहरूले मध्य पश्चिम कमान्ड इन्चार्ज क. वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज क. सुवास, राप्ती ब्युरो कार्यालय सचिव क. सविन, युवा सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष क. पाटनलगायत करिब दुई दर्जन नेता–कार्यकर्ताहरूको गिरफ्तार गरिएको थियो । यो सम्भवतः शृङ्खलाबद्ध गिरफ्तारीमध्येको सबैभन्दा ठूलो सङ्ख्याको गिरफ्तारी थियो जसले मोर्चालाई अत्यन्तै पीडाबोध गरायो, दुःखी तुल्यायो ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार