
प्रधानमन्त्री ओलीले यही साता गठन गर्ने भएका छन् । उनले केही समय अघिदेखि नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने बताउँदै आए पनि अर्का अध्यक्ष दाहालको अवरोधका कारण रोकिएको थियो ।
तर, पछिल्लो समय ओली र दाहालकै सहमतिमा मन्त्रिपरिषद् पनुर्गठन हुन लागेको हो । ओलीले महासचिव पौडेल सरकारमा नजाने भएपछि नेकपा स्थायी कमिटी तहका नेतालाई पुनर्गठनमा पारेका छन् ।
यसपटकको पुनर्गठनमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, देवेन्द्र पौडेल र जनार्दन शर्मा, वसन्त नेम्वाङ मन्त्री रहने प्रधानमन्त्री निकटस्थ स्रोतले वर्णन मिडियालाई जानकारी दिएको छ ।
त्यस्तै, उपसभामुख शिवमाया तुम्बाहम्फे पनि मन्त्री बन्ने उक्त स्रोतले जाकारी दिएको छ ।
त्यस्तै छविलाल विश्वकर्मा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, कृष्णगोपाल श्रेष्ठ, रामेश्वर यादव, प्रेमबहादुर आले, किसान श्रेष्ठ, यज्ञराज सुनुवार र पार्वत गुरुङलगायत नेताबाट केही मन्त्रिपरिषदमा सामेल हुने सम्भावना पनि बढेको छ ।
पर्टीभित्र कडा रुपले प्रस्तु हुँदै आएका भीम रावललाई पनि मन्त्री बनाउनुपर्छ भनी बहस चलेको छ । तर, ओली भने भीम रावलप्रति असन्तुष्ट भएकाले रावल मन्त्री बन्ने सम्भावना नरहेको बुझिएको छ ।







