
मिखायल अलेक्स्यान्द्रोभिच बाकुनिन एक रुसी अराजकवादी क्रान्तिकारी थिए। राज्य र भगवान नामक पुस्तकका लेखक बाकुनिनका सामुहिक अराजकतावादसम्बन्धी अनेकन लेख र पुस्तिकाहरु प्रकाशित छन्। जसले यूरोपमा सामाजिक अराजकतावादी परम्परालाई हालसम्म निर्देशित गरिरहेको देखिन्छ। उनका अराजकतावादको खण्डन गर्ने क्रममा उनी र मार्क्सबीचको मित्रता बिग्रिएको थियो। तथापी उनीहरुबीच एकअर्का प्रति आलोचनात्मक धारणा रहेको देखिन्छ। सो कुरा तल प्रस्तुत प्रशङ्गहरुले बुझाउन सक्छ।
बुर्जुवाहरूले मार्क्सको पूँजी कहिल्यै पढ्ने छैनन्, वा पढि हाले पनि बुझ्ने छैनन् र यदि बुझी हाले पनि त्यसबारे केही बोल्ने छैनन्- बाकुनिन
जहाँसम्म सिक्ने कुराको सन्दर्भ आउँछ, मार्क्स अतुलनीय रूपमा म भन्दा अगाडि थिए र छन् । त्यसबखत राजनीतिक अर्थशास्त्रबारे म मा कुनै ज्ञान थिएन। म आफ्ना परालौकिक नैतिक चुकबाट पूर्ण मुक्त भइसकेको थिइन र मेरो समाजवाद स्वभाविक थियो । उमेरमा उनी म भन्दा कान्छा भएतापनि, उनी पहिले नै नास्तिक, सचेत भौतिकवादी र सुसूचित समाजवादी बनिसकेका थिए।
उनीद्वारा प्रस्तावित आजको प्रणालीका आधारहरू उनी ठीक त्यति बेला नै ब्याख्या गर्दै थिए। हामी बीच प्राय भेटघाट भइरहन्थ्यो। उनको ज्ञान र अनुरक्त निष्ठाको लागि म उनको उच्च आदर गर्दथें— अँ सधैजसो त्यसमा रवाफ मिसिएको किन नहोस्— सर्वहारा हितका लागि। म उत्सुकतासाथ उनीसँग वार्तालापको प्रतिक्षा गर्दथें र जब त्यसता वार्ताहरू क्षुद्र घृणाद्वारा प्रेरित हुँदैनथे, त्यस्ता वार्तालापहरू सधै शिक्षाबर्ध्दक र तार्किक हुने गर्थे। तर दुखको कुरा प्राय नहुनु पर्ने कुरा नै हुन्थ्यो। हामी बीच त्यस्तो खुला आत्मियता कहिल्यै रहेन— हाम्रा आफ्नै मिजासले त्यस्तो हुन दिदैनथ्यो। उनी मलाई भावनामा बग्ने आदर्शवादी भन्थे।
सन् १८४५ मा मार्क्स जर्मन कम्युनिष्टका नेता बनिसकेका थिए। उनका समर्पित मित्र एङ्गेल्स उत्तिकै बौद्धिक थिए तर उनी विद्वान थिएनन्। यतिहुँदा हुँदै पनि एङ्गेल्स अति ब्यवहारिक थिए र राजनीतिक निन्दा, झुट र दाउपेचमा पनि कम निपुण थिए। दुबै मिलेर जर्मन कम्युनिष्टसँग समाजवादीहरूको एउटा गोप्य संगठन बनाए।
फ्रान्सेलीहरूले बाकुनिनलाई राम्ररी चिन्दथे र उनका बारे ठट्ठा गर्ने गर्थे “क्रान्तिको पहिलो दिन बाकुनिन सम्पत्ति हो। दोस्रो दिन उसलाई गोली ठोक्नु पर्छ।”- मार्क्स
मार्क्सको मृत्यु हुनु केहि महिना अगाडि मैले उनलाई प्रुधोंबारे बताएँ। प्रुधों, जसले शास्त्रीय आदर्शवादको परम्परा विरुद्ध आफ्ना समस्त प्रयासहरू केन्द्रित गरे तर, उनी जीवनभर सुधार हुनै नसक्ने आदर्शवादी रहे, जो हर समय बाइबल, रोमन कानुन र पराभौतिकमा डुबी रहे। उनको सबैभन्दा ठूलो दुर्भाग्य भनेको उनले कहिल्यै प्राकृतिक विज्ञान वा तिनका विधिहरूलाई दुरुस्त बनाएनन् । उनी एक जिनियस थिए, सहि बाटो पक्रिएका थिए तर आफ्ना आदर्शवादी ढाँचाका कारण सधै पुरानै गल्तिहरूमा फस्दथे। प्रुधों अनन्त अन्तरविरोधहरूका पुलिन्दा थिए, एक जबरजस्त जिनियस थिए, उनी एक क्रान्तिकारी थिए, हरबखत आदर्शवादी छौंडाहरूको प्रतिवाद गरिरहन्थे तर स्वयं विजयी कहिल्यै बन्न सक्दैनथे।
…. एक चिन्तकका रूपमा मार्क्स सहि मार्गमा छन् उनले इतिहासमा कानुनी इभोल्युसन आर्थिक विकासको कारण होइन प्रभाव हो भन्ने सिद्धान्त स्थापित गरे र यो अवधारणा महत्वपूर्ण र फलदायी अवधारणा हो। यद्यपि यो उनको आफ्नै आविष्कार थिएन— बढी वा कम अर्थमा उनका अग्रजहरूले यसलाई शुत्रबद्ध गरेका हुन्— तर यसलाई अर्थब्यवस्थाको ठोस आधारको रूपमा स्थापित गराउने श्रेय मार्क्सलाई जान्छ। अर्को तर्फ प्रुधों स्वाधिनतालाई मार्क्स भन्दा बढि बुझ्दथे र आत्मसात् गर्दथे। पराभौतिक सिद्धान्तहरूको रनाहा नलागेको अवस्थामा प्रुधों स्वतः क्रान्तिकारी बन्थे;
उनी शैतानको उपासना गर्दथे र उनले आफूलाई अराजक भएको घोषणा गरे। सम्भवत मार्क्सले स्वाधिनताको बढी युक्तिसंगत प्रणाली स्थापित गर्न सक्थे, तर उनीसँग स्वाधिनताको आन्तरिक चेतनाको कमी थियो— अर्थात् उनी शीर देखि पाइतलासम्म तानाशाही थिए।
दास क्यापिटल .. मार्क्सलिखित जसलाई फ्रेन्च भाषामा अनुवाद गर्न आवश्यक छ किनभने यो मैले बुझेसम्म यसमा बुर्जुवा पुँजी निर्माण र त्यो पुँजीले सर्वहाराको श्रममाथि गर्ने निर्मम र ब्यवस्थित शोषणको…. गहिरो, सटिक, वैज्ञानिक र निर्णायक ढँगले विश्लेषण गरिएकोछ। र यदि मैले ब्यक्त गर्नसक्छु भने यति निर्मम विश्लेषण अर्को कुनै छैन। सकारात्मक दिशामा, अर्थशास्त्रको गहिरो अध्ययनमा आधारित र तथ्य आधारित तर्क बाहेक आग्रहहरू नभएको हुदाँहुदै पनि यसको एउटै कमी भनेको यो खण्ड–खण्डमा लेखिएको छ, पराभौतिक, र अमूर्त शैलीमा लेखिएको छ, जसले गर्दा बहुसंख्यक मजदुरहरूले यसलाई छिचोल्न सक्ने छैनन्, तर वास्तविका कुरा चाहीँ सबैभन्दा बढी उनीहरूले नै यसलाई पढ्न जरुरी छ। बुर्जुवाहरूले यो कहिल्यै पढ्ने छैनन्, वा पढि हाले पनि बुझ्ने छैनन् र यदि बुझी हाले पनि त्यसबारे केही बोल्ने छैनन्; किनकि यो कृति उनीहरूका लागि वैज्ञानिक रूपले प्रेरित, अपरिवर्तनीय रूपमा मृत्युदण्डको घोषणा भन्दा कम छैन, ब्यक्तिका विरुद्ध होइन वर्गका विरुद्ध।
स्रोत : Source: Bakunin on Anarchy, p. 25-6 (by James Guillaume) Publisher: George Allen & Unwin Ltd, UK







