
कालपानी नेपालको हो भनी प्रधानमन्त्रीले बोलेको कुरा अति नै सह्रानीय छ । त्यसको हामी सवैले राम्रो मान्नु पर्छ तर नेपालको संविधान बनाउँदा नेपालको नक्शा निशान छापमा राखियो त्यो नक्शामा कालापानी देखाईएन ।
अब कुन मुखले कालापानी हाम्रै हो भनी भन्न सक्नु हुन्छ नेता जीहरु । संविधान बनाउँदा प्रमुख पार्टि नेपाली कांग्रेसको नेतृत्व स्वर्गिय शुशिल कोइरालाको हातमा थियो । दोश्रो ठूलो दल एमाले केपि ओलीको हातमा थियो एमाओवादी प्रचण्डको हातमा थियो ।
उहाँहरुको सर्वसम्मतिबाट संबिधान बन्यो नीशान छाप बन्यो । त्यो निशान छापमा आधिकारिक कालापानी सहितको नक्शा नराख्ने अहिले आएर दुनियाँ दारी राष्ट्रवाद देखाउने ।
आफ्नो देशको निशानछाप बनाउँदा कालापानी रहित नक्शा देखाएका नेताहरुमा आज आएर कालापानी हाम्रो भन्ने फ्रड चिन्तन कसरी आयो ।
प्रधानमन्त्री बोल्नु भयो बडो राम्रो सुनियो तर शब्द लालित्य र चुनावमुखि आडम्बरको जरामा त हाम्रो निशान छाप देखिन्छ नी । त्यो ख्याल नगर्ने परंपरा कहिलेसम्म ।
अहिलेको निशानछाप अहिलेकै पक्ष प्रतिपक्षका नेताहरुले बनाएको हो । त्यतिवेला केही तराईमुलका नेता बाहेक सवै नेताहरुको सवै सम्मतिबाट यो निशान छाप बनेको हो । यो बनाउँदा सवै चुपचाप बस्ने अनि अहिले आएर ठूला कुरा गरेर जनताको माझ लोकप्रिय बन्ने परिपाटी बिकास भएको छ ।
प्रधानमन्त्रीले कालापानीबाट भारत पछि हट्नु पर्छ भन्नु भएको छ । त्यो गर्नसके पृथ्वीनारायण शाहपछिको राष्ट्र नायक उहाँ नै हुन हुनेछ । जनता उहाँको साथमा छ ।
होइन भने निशानछापमा गडबड गरेर नक्शा बनाउने काममा आधिकारिक हस्ताक्षरकर्ताहरुले आत्म आलोचना गर्नु पर्छ । अन्यथा सवैलाई कानून बमोजिम कारवाही गर्नु पर्छ ।
जनताको मत पाएर संविधान बनाउने ठाउँमा पुगेकाले गलत नक्शा बनाउने । अनि अहिले आएर डंका फुक्ने काम राजनैतिक बेइमानी हो ।







