काठमाडौं । भारतीय अतिक्रमणका विरुद्ध नेकपा क्रान्तिकारी माओवादीले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । क्रान्तिकारी माओवादीको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले काठमाडौंमा विशाल ¥याली निकालेको छ ।

रत्नपार्क शान्तिबाटिकाबाट सुरु भएको ¥याली बागबजार, पुतलीसडक, पद्मोदयमोड, भद्रकाली, सुन्धरा, सहिदगेट, एनएसी, वीरअस्पताल हुँदै रत्नपार्कमा पुगेर विरोधसभामा परिणत भएको छ । विरोधसभालाई मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले सम्बोधन गर्नुभएको छ ।

मोर्चाको केन्द्रीय कार्यालयको आयाजनामा निकालिएको विरोध ¥याली र सभामा देशभक्त क्रान्तिकारीहरुको ठूलो मात्रामा सहभागिता रहेको छ । विरोधसभाको सञ्चालन मोर्चाका केन्द्रीय कार्यालय सदस्य तथा ३ नंं. प्रदेशका संयोजक पवनमान श्रेष्ठले गर्नुभएको छ ।

विरोध ¥यालीमा अतिक्रमित नेपाली भूमि फिर्ता गर, भारतीय विस्तारवाद मूर्दावाद, दलाल ओली सरकार मूर्दावाद, नयाँ जनवादी क्रान्ति जिन्दावाद लगायत भारतीय विस्तारवादका विरुद्ध चर्को नाराबाजी गरिएको थियो ।

तस्बिरहरु मूलबाटोबाट ।

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार