
नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हस्तबहादुर केसीले विप्लव नेतृत्वको नेकपा र आफ्नो नेतृत्वको क्रान्तिकारी माओवादीले अब बलियो मोर्चा बनाएर प्रतिक्रियावादी शक्तिसँग लड्नु पर्ने बताएका छन् ।
नेता केसीले ओली प्रचण्ड नेतृत्वको कम्युनिस्ट नामको सरकार दक्षिणपन्थी हुँदैं प्रतिक्रियावादमा पतन भएको भन्दैं प्रतिक्रियावादका विरुद्ध बलियो मोर्चा बनाएर जानुपर्नेमा जोड दिए ।
जनपाटी अनलाइन टिभीसँगको अन्तर्वार्तामा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य केसीले आसन्न उपनिर्वाचनलाई दुई पार्टीले मिलेर प्रतिरोध गर्नुपर्ने बताए ।
नेता केसीले विप्लव र वैद्यले स साना क्रान्तिकारी कम्युनिस्टहरुलाई एक ठाउँमा लिन नेतृत्व गर्नुपर्ने समेत बताए ।
अर्को फरक प्रसँगमा केसीले सत्ताधारी नेकपामा प्रचण्ड पूर्व एमालेको नोकर बन्न गएको गंभीर आरोप समेत लगाए ।
भिडियो –







