काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा भारतले नेपाली भूभाग समेटी भारतको नक्सा आएको खुलासा भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिका आधारमा भारतको नक्सा आएको बताएसँगै यस्तो खुलासा भएको हो ।

नेपाली कांग्रेसका सभापतिले आज पोखरामा भएको उपनिर्वाचन केन्द्रित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो खुलासा गरेका थिए ।

‘भारतले ओलीसँग कुनै सम्झौता गरेरै नयाँ नक्सा गरेको हुनसक्छ,’ देउवाले भने, ‘नत्र नेपाली भूभाग मिचिएको प्रष्ट हुँदाहुँदै सरकारले किन उच्चस्तरको कुटनीतिक पहल गर्दैन । त्यही भएर केपी ओलीको सहमतिमा भारतले नक्सा जारी गरेको पुष्टि हुन्छ ।’

यद्यपि देउवाले ओली र भारतबीच भएको सहमति भने बताएनन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार