चितवन मेडिकल चिकित्सा संघर्ष समितिका अध्यक्ष प्रकाश चन्दले मेडिकल कलेजमा भेटिएको भनिएको हतियार मेडिकल संचालकहरुले नै राखेको भन्दैं त्यसमा अरु कसैको हात नरहेको बताएका छन् ।

आफुहरुलाई हतियार राखेको भन्ने आरोपको ठाडैं खारेज गर्दै चन्दले आफ्नो आन्दोलनलाई मत्थर पार्न यस्तो आरोप लगाइएको बताए ।

एक प्रेस विज्ञेप्ती जारी गर्दै उनले यस्तो स्पष्टिकरण दिएका हुन् ।

घटनाबारे जानकारी दिँदै चन्दले भनेका छन्, ‘आज ८ गते हुन लागेको मेडिकल माफियाविरुद्धको विशाल विरोध¥याली र विरोधसभाको काम मैले साथीहरूको सहयोगमा गरिरहेको थिएँ । सबै काम सकिएपछि होस्टलबाट साथीहरूले भोलिको कार्यक्रमका लागि छलफलमा बोलाउनुभयो र म त्यता हिँडेँ । होस्टल अरू बेलाजस्तै सामान्य थियो म सीधै होस्टलनजिक बीडीएस हलमा गएँ । त्यहाँ ब्यानर र पम्पलेट बनाइरहेका साथीहरूसँग भेटेँ र एकछिन छलफल गरेँ । झन्डै ३५ मिनेट भएको थियो । गार्ड दाइ आउनुभयो र तपाईं र प्रविनलाई मूल गेटमा प्रहरीले बोलाएको छ भन्नुभयो म । साथीहरूसहित गएँ । त्यहाँ बाक्लो प्रहरी थियो । मलाई साथीहरूले त्यता जान दिनुभएन । म फर्किएँ । मैले एकजना प्रहरीसँग यो के गर्न खोजेको भनेर सोधँे । उनले भने– धेरै सेन्सेटिभ छ । अवैध सामानसहित मान्छे छिरेको छ र तपाईंलाई पक्राउ गर्ने भन्ने माथिको आदेश छ । उनले यसो भनेलगत्तै माफियाको मतियार एवम् बाच प्रिन्सिपल ममता तिवारी, अरुण कोइराला र प्रहरीहरू टिटी कोटतिर गएर त्यहाँ रहेका अन्य सादा पोसाकका प्रहरीले केही सामान राखेर फोटो खिचिरहेका थिए । त्यति देखेपछि म अर्को बाटोबाट बाहिर निस्किएँ र केही समयपछि होस्टलमा हतियार भेटियो भन्ने भ्रमपूर्ण र षड्यन्त्रपूर्ण समाचार बाहिर ल्याइयो । हो, यही षड्यन्त्र थाहा पाएर म बाहिर निस्किएको थिएँ । केहीबेर विद्यार्थी भित्र नै बन्धक बनाइएका थिए । हिजोसम्म मौन बसेको राज्य विद्यार्थीलाई न्याय दिनुको साटो आज डरलाग्दो षड्यन्त्रसहित विद्यार्थी, अभिभावक र जनताविरुद्ध मेडिकल माफियाको संरक्षणका खातिर आफ्नो घिनलाग्दो नाङ्गो हस्तक्षेपमा उत्रेको छ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘यस्तो घिनलाग्दो षड्यन्त्रको भन्डाफोर गर्दै प्रतिकार गर्न र मेडिकल माफियालाई जरैबाट उखेलेर फाल्दै सर्वसुलभ मूल्यमा चिकित्सा शिक्षा हासिल गर्ने र सबै जनताका छोराछोरी डाक्टर बन्ने सपना साकार पार्न सबै विद्यार्थी, युवा, बुद्धिजीवी, पत्रकार, स्वास्थ्यकर्मी र राष्ट्रसेवक कर्मचारीहरूमा अपिल गर्न चाहन्छु ।’

विज्ञप्तिको पूर्णपाठ…

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार