पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिवप्रसाद आचार्यको गाडीमा बम विष्फोट भएको छ ।

घरमै पार्किङ गरेर राखिएको गाडीमा गएराति साढे २ बजेतिर बम विष्फोट आचार्यले बताए ।वडा नम्बर ३३ का अध्यक्ष भए पनि उनी वडा नम्बर १७ मा अवस्थित घरमा बस्दै आएका थिए ।

उनले गाडीमा बम नै विष्फोट भएको बताए ।विष्फोटबाट गाडीको अघिल्लो भागमा क्षति पुगेको छ ।

बम विष्फोट कसले र किन गराएको भन्ने खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार