माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले आसन्न संसदीय उपनिर्वाचनलाई बहिष्कार गर्ने विप्लव नेकपाको कार्यक्रमसँग आफुहरुको नीति मिलेकोले कार्यगत एकताको वातावरण तयार भएको बताएका छन् ।

विप्लव नेकपासँग उपनिर्वाचन बहिष्कारका लागि संयुक्त कार्यगत एकताको वातावरण तयार भएपनि अन्य क्रान्तिकारी घटकका केही साथीहरुले गृहकार्य अभावका कारण त्यो संभव हुन नसकेको किरातीको भनाई छ ।

जनपाटी अनलाइन टिभीसँगको कुराकानीमा किरातीले संसदीय उपनिर्वाचन बहिष्कारका संयुक्त कार्यगत एकताका लागि विप्लव र वैद्यले बृहत गृहकार्य गर्नुपर्ने बताए ।

किरातीले उपनिर्वाचन बहिष्कारका क्रममा आफ्ना थुप्रै नेता कार्यकर्तालाई सरकारले गिरफ्तार गरेर दुख दिएको भन्दैं त्यसले झन् आफ्ना नेता कार्यकर्ताहरुलाई स्पातिलो बनाउन शिक्षा दिएको जिकिर गरे ।

नेपालको क्रान्तिकारी आन्दोलनलाई शक्ति दिन विप्लव र वैद्यहरुले अंह भूमिका खेल्नुपर्ने भन्दैं आफ्नो पार्टी त सधै त्यसैका लागि तयार रहेको किरातीको जोड छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार