
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई एकीकृत गरेर लैजान क्रान्तिकारी शक्तिहरु एक ठाउँमा आउनु पर्ने बेला आएको बताएका छन् ।
कट्टेलले ओली प्रचण्डको दक्षिणपन्थी शक्तिलाई पराजित गर्न विप्लव र वैद्यसहित आफुहरु एक ठाउँमा आउनुपर्ने बताए ।
जनपाटी अनलाइन टिभीसँगको कुराकानीमा अध्यक्ष कट्टेलले कमजोर क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई एकीकृत गरेर लैजान आफु विप्लव र वैद्यसँग निरन्तर सम्पर्क र सम्वन्धमा रहेको बताए ।
ओली र प्रचण्डको दक्षिणपन्थी संसदवादी धाराका विरुद्ध लड्न हामी क्रान्तिकारी कम्युनिस्ट शक्तिहरु एक ठाउँमा आउनुपर्छ, कट्टेलले भने, यसका लागि विप्लव र वैद्यले गंभीरतापूर्वक बहस र छलफल गरेर अगाडि बढ्नुपर्छ ।
कट्टेलले आसन्न संसदीय उपनिर्वाचनलाई सशक्त बहिष्कार गर्न क्रान्तिकारी शक्तिहरुले आआफ्नो ठाउँमा तीखो प्रहार गर्नुपर्ने बताए ।







