नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीसले सशस्त्र जनविद्रोहबाट नयाँ जनवादी क्रान्ति गर्ने कार्यनीति लिएको बताएका छन् ।

उपनिर्वाचनलाई सशक्त बहिष्कारको रुपमा आफ्नो पार्टीले लिएको भन्दैं उपनिर्वाचनपछि पार्टीले सम्पूर्ण तयारी जनविद्रोहका लागि केन्द्रीत गर्ने बताएका छन् ।

जनपाटी अनलाइन टिभीसँगको कुराकानीमा नेता श्रीसले विद्यमान नेपालको प्रतिक्रियावादी सत्तालाई परास्त गर्न सशस्त्र संघर्ष गर्ने आफ्नो पार्टीको नीति रहेको बताए ।

अर्को एक छुट्टै प्रसँगमा क्रान्तिकारी माओवादी नेता श्रीसले नेपालका क्रान्तिकारी शक्तिहरु एक ठाउँमा गएर एकीकृत हुनुपर्ने भनाई राखे ।

उनले विप्लव नेकपासँग बृहत छलफल गरेर आफुहरु पार्टी एकतासम्म पुग्न तयार रहेको बताए । त्यसका लागि अलि लामो छलफल रहनुपर्ने बताए ।

उपनिर्वाचन सकिएपछि आफ्नो पार्टीले विप्लव नेकपासहित गोपाल किरातीको पार्टी, ऋषि कट्टेलको नेकपासँग बृहत छलफल गरेर जान तयार रहेको बताए ।

भिडियो –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार