नेपालका लागि पुर्व भारतीय राजदुतले भारतको इण्डियन एक्सप्रेस नामक पत्रिकामा एउटा लेख लेख्दैं नेपाल र नेपालका राजनीतिक दलमाथि ठूलो आक्रमण गरेका छन् ।

उनी भारतीय हुन् र नेपालको राजदुत भएको हुनाले नेपालको बारेमा एउटा सामान्य नागरिकले भन्दा धेरै जानेको कुरा कसैबाट लुके छिपेको छैन । यसै कारणले उनले लेखेको लेख नेपालप्रतिको विश्लेषण हामीलाई मन नपरेपनि असत्य नै हो भन्न सकिदैन ।

उनको लेखको शिर्षक नै नेपालको मुर्खता महंगो नहोला भन्न सकिदैन भन्ने किसिमको छ । उनले एउटा लाइनममा लखेका छन्-

सिमानालाई नक्सामा रेखांकन गर्ने अवधारणा त पछिल्लो राष्ट्र–राज्यको समयमा आएको अवधारणा हो । भारतीय उपमहाद्वीपका साम्राज्य एवं राज्यका सार्वभौम भौगोलिक क्षेत्राधिकार सुस्पष्ट सीमांकित कहिल्यै थिएनन् । नेपाल तथा भारतबीचको सीमा मौलिक छ । रोटीबेटी, धर्म एवं संस्कृतिका सम्बन्ध सेतुले जोडिएका दुवै देशका मानिसको सदियौँदेखिको सहज आवागमन राजनीतिक नक्साका कारण अवरुद्ध गर्ने छुट दुवै मुलुकलाई छैन । यो मौलिकपन अहिले नेपाली पक्षको भौगोलिक राष्ट्रवाद र भारतीय पक्षको राज्य सुरक्षाको भावनाका कारण खतरामा परेको छ ।

यत्ति हेर्दा उनले नेपाली पक्षको भोगोलिक राष्ट्रवादले रोटी बेटी एवं धर्मको सम्वन्धमा आँच आएको कुरा लेखेका छन् । यसमा नेपालको पुर्ण असहमति छ । जमीनको प्रश्नमा बावु छोरा लड्दछन् भने भारत जमीन अधिग्रहण गरिरहोस नेपाली मौन बसी रहुन भन्ने उनको आशय दुराशयपुर्ण छ । उनले भारतीय खपतका लागि मात्र यो लेखेको बुझिन आउँदछ ।

अर्को वाक्य उनले लेखेका छन् –

काठमाडौं उपत्यकामा भारतविरोधी भावना भड्काउन सजिलो छ । जुन नेपाली राजनीतिको रोटी सेक्ने भाँडो र घरेलु एवं विदेशनीतिको अस्त्र बनिसकेको छ ।

यो वाक्य बारेमा भारत पनि कम छैन पाकिस्तानसंग उसले यहि तरिकाको भड्काउ राजनीति गरेर चुनाव जित्ने गरेको तथ्य हरेक नेपालीलाई थाहा । आफ्नो शररिको जुम्रा नदेख्ने अरुको शरीरमा लिखा पनि टल्केको देख्ने जस्तो कुरा हो यो ।

अर्को वाक्यमा उनले लेखेका छन् ।

नेपालमा, भारतलाई बदमास र अभिमानी देखाएर आफूलाई राष्ट्रिय हितका कट्टर हिमायतीका रूपमा प्रस्तुत गर्ने मोहबाट कुनै पनि राजनीतिक समूह मुक्त छैन । ती तिनै नाटक हुन्, जो हामीले हालैमा काठमाडौंका सडक प्रदर्शनमा देख्यौ ।

यो कुरा पुर्णरुपमा भुठो हो नेपालीले भारतलाई अभिमानी देख्दै देख्दैन किनकी न त स्वाभिमानी नै देख्छ । भारत एउटा दक्षिण तिरको छिमेकी देश हो जहाँका करडौ मानिस नेपालीलाई समानबेचेर जीविका गरेकाछन् त्यतिमात्र सत्य हो ।

पुरै लेख भ्रमपुर्ण नभनौ एउटा वाक्यमा उनले लेखेका छन् ।

नयाँ नक्साको नेपालसँग कुनै सरोकार छैन । यी नक्सा, जम्मु र कस्मिर राज्यलाई हालै दुई नयाँ युनियन टेरिटोरी, जम्मु–कस्मिर र लद्धाखमा गरिएको विभाजनलाई देखाउन प्रकाशित गरिएको थियो । नेपालले विगतमा कालापानी र सुस्तालाई आफ्नो भूभागका रूपमा दाबी गरेकोचाहिँ सत्य हो । दुवै पक्ष यी मतभेद मैत्रीपूर्ण वार्ताका माध्यमबाट सल्टाउन सहमत भएका पनि हुन् । र, दुवै देशका विदेश सचिवलाई यसमा काम गर्ने म्यान्डेड दिइएको पनि हो । नेपाल दतारुक नभएकै कारणले ती वार्ता थाती रहन गएका छन् । यस विषयले नेपाली पक्षमा यस्तो बलियो राष्ट्रवादी भावना प्रबल गराउन सक्ने रहेछ त, उनीहरूको त्यस्तो अकर्मण्यता पनि अक्षम्य छ ।

यो साचो हो यो नक्शाले नेपालको जमीन अहिले भारतमा पारेको होइन । तर जहिले पारेको भएपनि अहिले यो सानो भूमी जु वास्तवमा नेपाल कै हो नेपाललाई छोडी दिएको भए ठूलो छिमेकीको इज्जत नै बढ्ने थियो । यहाँ नेर नेपालको कर्मचारीतन्त्रको कमजोरीलाई उनले झापड हानेर स्वच्छ नेपालीको भावनालाई कदर गरेका छन् । यि चार वाक्यले नेपालको कर्मचारीतन्त्रको अकर्मण्यतालाई शंकाको घेरामा राखेको छ ।

उनी लेखमा थप्छन्

नेपाली पक्ष यस्ता विषय लोकप्रियता र आन्तरिक खपतका उद्देश्यले मात्रै उठाउँछन् । तर, गम्भीर वार्तामार्फत सल्टाउनमा भने उनीहरूको रुचि हुँदैन ।

यो कुरा ज्यादै पेचिलो छ यदि यस्तो  हाे भने नेता र कर्मचारी दुवैलाई कानूनको दायरामा ल्याउनु पर्छ नेपालले पनि ।

यसैगरी केही तथ्यांक पनि लेखेका छन् जस्तै

धेरैलाई थाहा छैन, यी दुई मुलुकले ९८ प्रतिशत सीमा विवाद सुल्झाइसकेका छन् । त्यो उनीहरूले मिलेर तयार गरेको एक सय ८२ थान नक्साले नै बताउँछन् । आठ हजार पाँच सयभन्दा बढी सीमास्तम्भ सहमतिअनुसार स्थापित गरिसकिएका छन् । महाकाली उद्गमस्थल कुन हो भन्ने मतभेदका कारण कालापानी विवाद उठेको हो । सन् १८१६को सुगौली सन्धिले यस नदीलाई भारतसँगको पश्चिमी सीमा मानेको छ, तर विभिन्न बेलायती नक्साले भने यसका सहायक नदीको स्रोत बेग्लाबेग्लै स्थानमा देखाँउछ । ऊवेलाका नक्सा विज्ञान र निम्नस्तरको सर्वे प्रविधिका कारण यस्तो हुनु असामान्य होइन । भारत–चीन सीमानाको पूर्वी क्षेत्रको ‘म्याकमोहन लाइन’को एलाइन्मेन्टमा समेत हामीले यस्तै समस्या भोगिरहेका छौँ ।

यि तथ्यगत सत्यतामा विमति छैन तर काली नदीको मुहान लिपिन्धुरा हो भन्ने कुरा उनलाई थाहा भएर पनि लुकाएका छन् ।

यो लेखको अन्तिम प्यारमा यस्तो लेखिएको छ ।

भारतमा करिब ६० देखि ८० लाख नेपालीले काम गरेर बसिरहेका छन् । उनीहरू जहाँ–जहाँ बसेका छन् त्यहाँ तिनले असीम ख्याति, सद्भाव एवं मित्रवत् वातावरण पाएका छन् ।

यो ६० देखि ८० लाख नेपाली भारतमा बस्छन् भन्ने कुरा ज्यादै भुठो लेखिएको । पटक्कै नमिल्ने बिषय हो । भारतमा ज्यादै धेरै भए ७ लाख नेपाली काम गर्न गएका होलान् । यहि अन्तिम प्याराले पुरैलेखलाई झुठो बनाएको छ । २ करोड ६४ लाख नेपालीमा ८० लाख नेपाली भारतमा र ८० लाख विदेशमा बस्ने भए नेपालमा को बस्छ ? यो पुर्ण झुठो छ । त्यसैले समग्र लेखको सत्यतालाइ किरकिरा बनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार