
कालापानी भारतको नक्सामा राखेपछि केही दिन अघिसम्म राजधानी काठमाडौंमा ठूलो तरंग उत्पन्न भयो ।
यो घटनापछि नेपाल सरकार पनि मुख चपाएर बोल्न बाध्य भयो । नेपालको आफ्नै भूमि कालापानीमा भारतीय सेनाले क्याम्प जमाएर बस्दा त्यहाँ बस्ने नेपाली बासिन्दाहरुलाई कति पीडा हुँदो हो ?
त्यहाँको जीवन्त सीमा पीडा कालापानी नजिकैं बस्ने यी करबीर बोहरा त एक मात्र पात्र हुन् । यी करवीरहरुले नेपालको आफ्नै भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा जान भारतको अनुमति लिनुपर्छ ।
झण्डैं सय वर्ष अगाडिदेखि कालापानीको सीमा पीडालाई नेपालका शासकहरुले कहिल्यैं गंभीरतापूर्वक लिन सकेनन्, जसका कारण त्यहाँ बस्ने नेपाली सर्वसाधारणहरु आफ्नै देशमा बसेर पनि अर्कै देशको अनुमति र आदेशमा काम गर्नुपर्ने बाध्यता छ ।
नत्र भने कालापानी छेवैमा बस्ने यी स्थानीय करवीर बोहराको वास्तविक पीडा सुन्नुस् त !







