आज हुन गइरहेको उपनिर्वाचनको पूर्वसन्ध्यामा केही घण्टा अघिमात्र कास्की र धरानलगायत थुप्रै ठाउँमा शक्तिशाली बम विस्फोट भएको छ ।

धरान स्थित ठिङ्गावारी लगायत विभिन्न स्थानमा उपनिर्वाचनको पुर्वसंन्ध्या शुक्रवार मध्यराती शृङ्खलाबद्ध बम विस्फोट भएका छन । ४-५ वटा शक्तिसाली बम लगातार विस्फोट भएका हुन ।

प्रहरिले बिस्फोटका घटनालाइ लुकाउन प्रयत्न गरेपनी स्थानियका अनुसार शाक्तिशाली बम बिस्फोट भएको जनाइएको छ । सन्तोस चौहानको घर नजिक बम विस्फोट भएको बताइएको छ । बिस्फोटबाट कुनै मानविय क्षति नभएपनी हरि चौहानको घरको झ्यालको सिसा फुटेको जनाइएको छ ।

करिब ४-५ वटाको संख्यामा बम हरु विस्फोट भएको जनाइएको छ । प्रहरिले बम नभएर पटका पड्काएको भनेर संचारकर्मिहरुलाइ भनेपनी स्थानिय जनताले बम भएको दाबी गरेका छन । कडा सुरक्षा बिचमै धरानमा बिस्फोट हुनुले मतदाताहरुमा त्रास पैदा भएको छ ।

यता कास्की क्षेत्र नं। २ को मतदानस्थल नजिकै शनिबार बिहान बम विस्फोट भएको छ । पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो ।

मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र विस्फोट भएको स्थानीय प्रत्यक्षदर्शी अर्जुन बस्नेतले बताए ।मानिस नभएको स्थानमा बम खसेकाले अप्रिय घटना हुनबाट जोगिएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार