स्वतन्त्र राष्टिय अभियान नेपालका संयोजक स्वागत नेपालले भारतका विरुद्ध विप्लव नेकपा र नेपाली सेना मिलेर लड्नुपर्ने बेला आएको बताएका छन् ।

नेपालले प्रधानमन्त्री ओली विदेश शक्तिका दलाल भएको भन्दैं नेपालको नयाँ शक्ति विप्लव नेकपा र नेपाली सेना देशभक्त हो भने मिलेर लड्नु पर्ने धारणा राखे ।

जनपाटी अनलाइन टिभीसँगको कुराकानीमा नेपालले ओलीले नेपाली सेना विघटन गरेर देशको अस्तित्व नामेट मार्न खोजेकोले राष्टवादी शक्तिहरु एक ठाउँमा आउन पनि विप्लव नेकपा र नेपाली सेना मिल्नुपर्ने नेपालको भनाई छ ।

ओलीले नेपाली सेनाका विरुद्ध विघटनको कुरा गरेर देशदोह्री कुरा गरेको भन्दैं उनीविरुद्ध मुद्धा हाल्नुपर्ने अवस्था आएको समेत नेपालको जिकिर छ ।

नेपालको संसदीय व्यवस्था र संसदीय दलका नेताहरु सबैं असफल भएकोले अब नयाँ शक्ति आउनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार