विप्लव नेतृत्वको नेकपाले एनसेल मेला २०७६ हुन नदिने घोषणा गरेको छ ।

नेकपाले भ्रष्ट एवम् ठग दूरसञ्चार प्रदायक कम्पनी एनसेलले गर्न लागेको कथित ‘एनसेल मेला २०७६’ गर्न नदिने भएको हो । पार्टीले मङ्गलबार विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो ।

पार्टी प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै भनेका छन्-

‘भ्रष्ट र देशद्रोही कम्पनीले ‘एनसेल मेला २०७६’ चलाउन खोजेको समाचारले नेपाली जनता र हाम्रो पार्टीलाई आक्रोशित बनाएको छ । पर्यटन वर्षको बहानामा एनसेललाई देश लुट्न छूट दिन सकिँदैन । तसर्थ उक्त मेला बन्द नगरे कडा कारबाही गर्न पार्टी बाध्य हुने चेतावनी दिन चाहन्छौँ र कलाकार, विद्यालय, खेलमैदानका व्यवस्थापकहरूलगायत सबै नागरिकहरूलाई उक्त भ्रष्ट कम्पनीलाई सहयोग नगर्न तथा एनसेल कम्पनीको कुनै पनि कार्यक्रममा सहभागी नहुन अपिल गर्दछौँ ।’

प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ- ‘दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल नेपाल र नेपाली जनताको मर्यादा उल्घङ्लन गरेको, कर तिर्न अस्वीकार गरेको, नेपालका नेताहरूलाई घूस र एकाधिकार पुँजीको प्रभाव र दबाबमा रहेको, न्यायिक निकायलाई खरिद गरेको र व्यापक भ्रष्टाचार गरेका कारण उक्त कम्पनीलाई हाम्रो पार्टीले कारबाही गर्दै आएको छ । नागरिक अगुवा र अभियन्ताहरूले एनसेल बहिष्कार अभियान चलाइरहेका छन् । यस्तो अवस्थामा उक्त भ्रष्ट र देशद्रोही कम्पनीले ‘एनसेल मेला २०७६’ चलाउन खोजेको समाचारले नेपाली जनता र हाम्रो पार्टीलाई आक्रोशित बनाएको छ । पर्यटन वर्षको बहानामा एनसेललाई देश लुट्न छूट दिन सकिँदैन । तसर्थ उक्त मेला बन्द नगरे कडा कारबाही गर्न पार्टी बाध्य हुने चेतावनी दिन चाहन्छौँ र कलाकार, विद्यालय, खेलमैदानका व्यवस्थापकहरूलगायत सबै नागरिकहरूलाई उक्त भ्रष्ट कम्पनीलाई सहयोग नगर्न तथा एनसेल कम्पनीको कुनै पनि कार्यक्रममा सहभागी नहुन अपिल गर्दछौँ ।’

विज्ञप्तिको पूर्णपाठ….

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार