सत्ताधारी नेकपाको सरकारले विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई दिनहुँ गिरफ्तार र धरपकड गर्ने काम गरिरहेको छ ।

यसैक्रममा हालैं विप्लव नेकपाका लुम्बिनी व्युरो सदस्य इन्द्र घर्तीमगर ५ महिना लामो प्रहरी हिरासत झेलेर रिहा भएका छन् ।

रिहापछि घर्तीले संकटकालीन हिरासत र वर्तमान गणतन्त्रात्मक सरकारको हिरासतमा कुनैं भिन्नता नरहेको बताएका छन् ।

जनपाटी अनलाइन टिभीसँगको कुराकानीमा घर्तीले आफुहरुका लागि गिरफ्तारी र दमन सामान्य भएको भन्दैं त्यसले क्रान्तिलाई झन् स्पात बनाउने गरेको बताए ।

घर्तीले क्रान्तिमा घरपरिवार र व्यक्तिगत जीवन सामान्य हुने र देश अनि जनताको सेवा प्रमुख कार्यभार हुने बताए ।

उनीसँगको कुराकानीको भिडियो अन्तर्वार्ता –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार