भरतपुरस्थित चितवन मेडिकल कलेजमा धर्ना बसेका विद्यार्थीमाथि प्रहरीले लाठी चार्ज गरेको छ
। चिकित्सा शिक्षा विषयअन्तर्गत पहिलो वर्षको बोर्ड परीक्षा हुँदै गर्दा विद्यार्थीले विरोध जनाउँदै धर्ना बसेका थिए ।
प्रहरीको लाठी प्रहारबाट दुई विद्यार्थी घाइते भएका छन् । घाइते हुनेहरूमा एमबिबिएस दोस्रो वर्षमा अध्यनरत पिश जोन जोशी र प्रथम वर्षमा अध्ययनरत भावना राजवंशी रहेका छन् । उनीहरूकाे उपचारका लागि अस्पताल लगिएको छ ।
विद्यार्थीहरूले कलेजकाे प्रशासन शाखामा लगाएको जानकारीविना तोडेपछि झडप भएको हाे । विद्यार्थीहरूले प्रवेश पत्र जलाएर परीक्षाकाे विराेध जनाएका छन् ।








