सोनाम साथी नेपाली कम्युनिस्ट आन्दोलनमा कुनै परिचित गराइराख्नु पर्ने नाम होइन ।

उनी एक यस्ता नेता हुन्, जसले वास्तविक जीवनमा कम्युनिस्ट दर्शन, आचरण र व्यवहारमा लागू गरेर देखाउन चाहन्छन् ।

उनी कम्युनिस्ट आदर्शमा निकैं अडिग भएका नेता हुन् । जसले कम्युनिस्ट आदर्शका लागि घरपरिवार त्यागेर, नीजि सम्पति त्यागेर कम्युनिस्ट आन्दोलनमा लागेका नेता हुन् ।

वास्तवमा सोनाम साथीसँग बसेर छलफल गर्दा कुनैपनि मान्छे कम्युनिस्ट बनेर फर्केको हुन्छ ।

उनीसँग कम्युनिस्ट बन्ने सूत्र छ । त्यसका लागि धेरैं समय नैं चाहिँदैन । मात्र एक मिनेटभित्र कम्युनिस्ट बन्न सकिनेछ ।

सोनामसँग कम्युनिस्ट बन्न एकमिनेट आँखा चिम्लिेर ध्यानमग्न हुने, ध्यान गर्दा खुला दिमाग लगाएर सोच्ने, कसैले कसैलाई आदेश, फर्मान जारी नगर्ने । शासन र शोषणको कल्पना नगर्ने यही सोचेर एक मिनेट आँखा चिम्लेर सोच्दा कम्युनिस्ट बनिन्छ भन्ने उनको दाबीछ ।

कम्युनिस्ट आदर्श पनि त त्यही हो, वर्गविहीन, शोषणविहीन, शासनविहीन र राज्यविहीन समाज निर्मााण गर्नु ।

त्यसका लागि आफैले अभ्यास गरेर कम्युनिस्ट बन्न सकिन्छ भन्ने उनको भनाई छ । त्यसैले उनी हरेक कम्युनिस्ट कार्यकर्ता र समर्थकहरुलाई यही विधिबाट कम्युनिस्ट बन्न अनुरोध गर्छन् ।

यसपटक जनपाटी अनलाइन टिभीले उनैं सोनाम साथीसँग कम्युनिस्ट बन्न छोटोमा
संवाद र अभ्यास समेत गरेको थियो ।

बाँकी भिडियोबाट –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार