
Nepal Military Academy
अहिले प्रधानमन्त्री ओली शारीरिक रुपमा जतिसुकै कमजोर देखिए पनि राजनीतिक रुपमा शत्तिशाली छन् । २ तिहाई ब्यालेटको कारणले गर्दा अहिले प्रधानमन्त्रीले नेपालको विकास बाहेक अरु सवै काम गर्न सक्ने अवस्था छ ।
विकास गर्न पनि नचाहेको होइन, विकासको बाटो सिकाउने उनीसँग कुनै संयन्त्र नै छैन । राजनैतिक रुपमा अझै शक्तिशाली बन्ने दाउ उनमा छ । उनले अहिले संविधान संशोधन गरेर राष्ट्रपतिलाई शक्तिशाली बनाउने र केही समयपछि आफु नै देशको पहिलो वरियतामा जाने तुनाबुना लामो समयदेखि चलिरहेको छ ।
वास्तवमा कुनै पनि कम्यूनिष्टको सत्ताआकांक्षा प्रधानमन्त्रीमा सिमित हुदैन यो विश्वव्यापी सत्य त्यो अहिलेका प्रममा पनि पलाएको छ र जुन गिरिजामा पनि पलाएको थियो त्यो आकांक्षालाई प्रचण्डले केही विदेशीको सहयोग किचीमिची पारिदिएका थिए । तर अहिले ओली भित्र भित्र आफनो विरोधीलाई ठेगान लगाई शक्तिशाली भएका छन् ।
अहिले प्रचण्डको दाहिने हात पनि ओलीतिर छ माधव नेपालका दाहिने हात पनि एक दुई जनाबाहेक दिउस माधवतिर रातिमा ओलीतिर ढल्केका छन्, यहि मौकामा प्रमले संविधानमार्फत राष्ट्रपतिको शक्ति बढाएर आफु राष्ट्रपति र प्रचण्डलाई प्रधानमन्त्री बनाएका कसैले आश्चर्य नमाने हुन्छ ।
यो यस्तो मौका छ कि सत्ताको कुनै प्रलोभन नरहेका कृष्णभगवानका साथी सुदामा प्रधानमन्त्री भएकोभए पनि त्यस्तै सोच्ने थिए जस्तो अहिले बर्तमान प्रमले सोचेका छन् ।
विपक्ष दल र आफ्नै पार्टीभित्र कयौ पटक चक्मा दिएका छन् । जसका कारण विपक्ष दल र पार्टीभित्रका प्रतिस्पर्धीहरु कमजोर बन्ने गरेका छन् । अहिले पनि भित्र बाहिरका सवैलाई चक्मा दिएर उनले जतिबेलापनि संविधान संशोधन गर्न सक्छन् ।
पछिल्लो समय सिंगापुरदेखि त्रिवि शिक्षण अस्पतालसम्मको सफर गरेका प्रधानमन्त्री ओलीले नेपाली राजनीतिमा अर्को चमत्कार गर्न तयारीमा छन् । अहिले स्वास्थ्य अबस्था केही कमजोर भएका कारण आफ्नो कदम अगाडी बढाउन सकेका छैनन् । तर केही दिनभित्रै संविधान संशोधन गरेर राष्ट्रपतिलाई शक्तिशाली बनाउने नै छन् ।
धनी देशमा परफरमेन्स मुख्य विषय हुन्छ भने गरिवदेशमा शक्तिको उँचाइलाई मुख्य मानिन्छ । त्यसैले मर्ने बेलामा एकपटक चीनकै राष्ट्रपति जस्तो शक्तिशाली बन्ने अभिलाषा उनमा रहेको छ । प्रत्येक्ष निर्वाचित राष्ट्रपतिको प्रावधान ल्याउनका लागि उनलाई धेरै तिर चुनौती देखियो किनकी प्रत्येक्षमा कांग्रेस नै अगाडि आउन सक्ने, कुलमान , रवी लामिछाने, जस्ताले पनि चुनौति दिन सक्ने भएकोले सिधै शक्ति हस्तान्तरणमा जान सक्ने अवस्था छ ।
अहिलेको उपनिर्वाचनको प्रचण्ड जीतले गर्दा पनि उनको यो मनोकांक्षामा बृद्धि भएको पर्यवेक्षक बताउँदछन् । अहिले विद्यालाई नै शक्तिशाली बनाउने अनि आफु त्यता जाने जस्तो कुरा धेरै पहिला देखि चलेको छ ।
यो कुरामा प्रचण्ड, उपेन्द्र यादव र बाबुरामको समेत भित्रभित्र समर्थन हुने अवस्था छ । अहिलेसम्म उनलाई समस्या सभामुखबाट थियो त्यो पनि आफ्नै इशारामा बनाउन पाए संविधान संशोधन सहज हुने देखिन्छ ।
वर्णमिडियाले गरेको समाचार विश्लेषण ।







