
नेपालको भूमि कालापानी भारतको नक्सामा परेपछि नेपाल र नेपाली नागरिक जुर्मुराइरहेका छन् ।
कालापानीको पीडा बोकेर नागरिक अगुवादेखि कवि साहित्यकार र सर्वसाधारणहरु सडकमा उत्रिरहेको बेला सरकार भने तै चुप मै चुपको अवस्थामा छ ।
कालापानी नेपालको हो भनेर सरकारले भन्न मात्र सकेको छ तर आधिकारिक रुपमा उसले भारत सरकारसँग औपचारिक रुपमा टेबुलटक गर्न सकिरहेको छैन ।
नागरिक अगुवा श्याम श्रेष्ठले सडक अन्तक्रियामा बोल्दैं अब नेपाल सरकारले पूरानो नक्सालाई फालेर नयाँ नक्सा बनाउन सरकारलाई सुझवा दिए ।
उनले यदि सरकारले नयाँ नक्सा बनाउँन सक्दैन भने आफुहरुले नयाँ नक्सा बनाइसकेको दाबी समेत गरे ।
सुगौली सन्धिअगाडि नैं भारतका शासकहरुले नक्सा बनाउँदा कालापानी आफ्नो पोल्टामा पारेको नेपालका शासकहरुलाई पत्तै नभएको र जसकाकारण अहिले कालापानी भारतको हातमा पर्न गएको श्रेष्ठको भनाई छ ।
यस्तो बेला सरकारले पूरानो नक्सा फाल्ने र नयाँ नक्सा बनाएर कालापानी नेपालको नक्सामा पार्नेगरी राख्नुपर्ने श्रेष्ठ सुझाव छ ।







