विप्लव नेकपानिकट अखिल क्रान्तिकारीको नेतृत्वमा भारतीय हस्तक्षेपविरुद्ध शनिबार चितवनमा बृहत विरोध प्रदर्शन भएको छ ।

सरकार र सदन गैरजिम्मेवार भइरहेको समयमा आइतबार चितवनमा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) र अन्य जवसको संयुक्त आयोजनामा राष्ट्रिय स्वाधिनताको पक्षमा बृहत जनप्रदर्शन भएको हो ।

विरेन्द्र क्यम्पसबाट ठिक दिउँसो १२ बजे हजारौंको सहभागितामा कालापानी हाम्रो हो, लिम्पियाधुरा हाम्रो हो, लिपुलेक हाम्रो हो, भारतीय सेना कालापानी छोड र भारतीय साम्राज्यवाद मुर्दावाद भन्ने लेखिएका प्लेकार्ड, राष्ट्रिय झण्डा, जवस मोर्चाहरुको झण्डा बोकेको जुलुस, सहर परिक्रमा गर्दै पुलचोकमा गई कोणसभामा परिणत भयो ।

कोणसभालाई विद्यार्थी नेता सुदिप पौडेल र अखिल (क्रान्तिकारी) चितवन जिल्ला संयोजक रेम्बोर्जे लामाले सम्बोधन गरेका थिए ।

संयोजक लामाले वर्तमान दलाल सामाजिक फासिवादी सरकारको नेतृत्व गरेको केपी ओली भारतीय साम्राज्यवादको अगाडि लम्पसार परेको भन्दैं सबै देशभक्त, प्रगतिशील, राष्ट्रवादी शक्तिहरुलाई भारतीय हस्तक्षेपका विरुद्ध संयुक्त प्रतिरोध संघर्ष गर्न आव्हान गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार