
खसान राष्ट्रिय संघर्ष समितिका अध्यक्ष प्रेमबहादुर खातीले कालापानी समस्या समाधानका लागि विप्लव नेकपाको नेतृत्वमा कालापानीमा मार्चपास गरेर भारतलाई दबाब दिनुपर्ने बताएका छन् ।
नेपालमा सिंगो राष्ट्रियताको मुद्धालाई समाधान गर्न गर्न कुनै पनि दल असफल भइरहेको भन्दैं खातीले यतिबेला विप्लव नेकपा मात्र देशको बलियो र वैकल्पिक शक्ति भएकोले उसको नेतृत्वमा राष्टियताको समस्या समाधान हुनुपर्ने बताए ।
जनपाटी अनलाइन टिभीसँगको अन्तर्वार्तामा अध्यक्ष खातीले केपी ओली नेतृत्व सरकार भारतसँग लत्रिसकेको भन्दैं उनीहरुबाट कालापानी समस्यादेखि कुनैपनि राष्ट्रियताको समस्या समाधान हुन नसक्ने जिकिर गरे ।
अन्तर्वार्तामा खातीले विप्लव नेकपाले अब सडकमा आएर सिंगो देशको नेतृत्व गर्नुपर्ने भन्दैं राष्ट्रियता बचाउने अभियानमा नेपाली सेनादेखि प्रहरी सबैले विप्लव नेकपालाई साथ दिनुपर्ने बताए ।
केपी ओलीदेखि नेपालका सबै संसदवादी दलका नेताहरुले सरकारमा पुग्न राष्ट्रियताको मुद्धा उठाउने तर सत्तामा पुगेपछि त्यसलाई बिर्सने रोग रहेको प्रसँग कोट्याए ।
देशको अस्तित्व नै समाप्तिको दिशामा गएको भन्दैं खातीले सबै देशभक्त शक्तिहरु राष्ट्र बचाउन एकढिक्का भएर संघर्षमा उत्रिन अपिल समेत गरे ।







