यूरोपस्थित नेपाल जनप्रगतिशील मोर्चा बेल्जियमले नेपालमा भारतीय हस्तक्षेपबारे ज्ञापनपत्र बुझ्न नेपालका लागि बेल्जियम दुतावासले देखाएको व्यवहारप्रति आक्रोश व्यक्त गरेको छ ।

मोर्चासँग दुतावासले भेटघाट गर्ने समय मिलाएर अन्तिममा भेटघाट नगर्ने भन्ने खबरले आफ्नो संगठनलाई आक्रोशित बनाएको मोर्चाले एक विज्ञेप्ती जारी गरेर प्रकाशित गरेको छ ।

नेपाल जनप्रगतिशील मोर्चा, बेल्जियमका अध्यक्ष मेखबहादुर गुरुङले नेपाली भूमि कालापानी भारतको नक्सामा पारेपछि विरोधस्वरुप ज्ञापनपत्र बुझाउन दुतावास आउन खोजेको तर अन्तिम समयमा आएर दुतावासले भेटको समय नैं नदिएपछि आफुहरुलाई अचम्मित र दुखित बनाएको बताएका छन् ।

गुरुङले भारतीय हस्तक्षेपको विरोध गर्दै नेपालका लागि बेल्जियम राजदुत लोकबहादुर थापाको अलोकतान्त्रिक कदम र गैरजिम्मेबार कार्यशैलीको विज्ञेप्तीमार्फत् विरोध गरेका छन् ।

नेपालमाथि भारतले गरेको विविध खाले हस्तक्षेपका विरुद्ध र हालै भारतले नेपाली भूमी समेटेर तयार पारेको नक्सा सच्याउन तथा नेपाली भूमिबाट भारतीय सेना फिर्ता लैजान आह्वान गर्दै बेल्जियमस्थित नेपाली समुदायको तर्फबाट भारतीय दूतावास अगाडि विरोध कार्यक्रम सम्पन्न गरिसकिएको छ । यसरी निरन्तर रुपमा नेपालमाथि भारतीय हस्तक्षेप हुनुको प्रमूख कारण नेपाली सत्ताधारीहरुको आत्मसमर्पणवादी तथा दलाली चरित्र हो भन्ने हाम्रो ठहर छ । नेपाली भूमी समेटेर भारतले आफ्नो नक्सा प्रकाशन गर्दा र नेपाली भूमिमा भारतीय सेना रहेको राष्ट्रिय अन्तरराष्ट्रिय रुपमा आवाज उठ्दा पनि नेपाल सरकारले देशको सार्वभौमिकताको रक्षाको लागि कुनै पनि ठोस कदम उठाएको पाइएन । यो बिषयमा चुपचाप नबस्न, तत्काल पहलकदमी लिन नेपाल सरकारलाई आह्वान गर्दै बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापा मार्फत नेपालका प्रधानमन्त्रीलाई ज्ञापन पत्र हस्तान्तरण गर्नको लागि यही ९ डिसेम्बर २०१९ सोमबार बिहान ११ बजेको लागि समय निर्धारण गरिएको थियो । उक्त समय राजदूत लोक बहादुर थापाले नै निर्धारण गरेका थिए । उक्त ज्ञापन पत्र हस्तान्तरण गर्नको लागि बेल्जियमस्थित सबै नेपाली वैचारिक संस्थाका नेतृत्व तथा प्रतिनिधीको उपस्थितिको निर्धारण भैसकेको थियो । अचानक दूतावासको तर्फबाट भारतीय हस्तक्षेपको विषयमा ज्ञापन पत्र लिन नसकिने तर अन्य विषय भए छलफल गर्न आउनु होला भन्दै सुचना गरेपछि हामी स्तब्ध बनेका छौं । नेपाल सरकार र मातहतको कुटनैतिक नियोगको यो अलोकतान्त्रिक तथा गैह्र जिम्मेवारी कार्यको हामी घोर भ्रत्र्सना गर्दछौं । नेपाल सरकारले यो कुटनैतिक काम हो भन्ने तर आफ्नो तर्फबाट कुनै पहलकदमी नलिने, भारतीय हस्तक्षेपको विरोध नगर्न जनतालाई आह्वान गर्ने, अन्तरराष्ट्रियकरण गरे जटिल समस्यामा परिन्छ भन्दै जनतालाई आतंकित पार्न खोज्ने र भारतीय हस्तक्षेपको विरोध गर्नेलाई दमन तथा धरपकड गर्ने नेपाल सरकारको रवैयाको हामी कडा शब्दमा निन्दा गर्दछौं । साथै नेपाली राजदूत लोक बहादुर थापाको अलोकतान्त्रिक कदम र गैह्र जिम्मेवार कार्यशैलीलाई सच्याउन हामी यसै विज्ञप्ति मार्फत आह्वान गर्दछौं ।

मेख बहादुर गुरुङ्ग

अध्यक्ष, नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियम

८ डिसेम्बर २०१९

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार