सत्ताधारी नेकपाका नेता नारायणप्रसाद शर्माले आफ्नैं पार्टीका नेता र सरकारको आलोचना गरेका छन् ।

शर्माले प्रधानमन्त्री केपी ओलीको राष्टवाद वास्तविक नभएको भन्दैं अहिले ओलीका राष्ट्रवाद कहाँ छ भनेर प्रश्न गरेका छन् ।

जनपाटी अनलाइन टिभीसँगको कुराकानीमा सत्ताधारी नेकपाका नेता शर्माले आफ्ना पार्टीका नेताहरु देशको स्वार्थमा नभएर विदेशी स्वार्थमा हिडेका कारण देशको अस्तित्व समाप्तिको दिशामा गएको चित्रण गरे ।

शर्माले देशमा कम्युनिस्टको नाममा दुईतिहाई सरकार भएपनि राष्टियता, जनतन्त्र र जनजीविकाका समस्याहरु झन् संकटतिर गइरहेको बताए ।

दुई तिहाइको कम्युनिस्ट सरकारले राष्ट्र र जनताका कुनैपनि काम नगर्दा जनता निराश भएको शर्माको भनाई छ ।

एक छुट्टै प्रसँगमा शर्माले पूर्वसभामुख कृष्णबहादुर महरामाथि पश्चिमाहरुको षडयन्त्रको शिकार भएको बताए ।

शर्माले विप्लव नेकपासँग वार्ताका लागि सरकारले औपचारिक पत्र लेख्ने र विप्लव नेकपा वार्ताका लागि तयार हुनुपर्ने धारणा राखे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार