तपाईं राष्ट्रियसभामा जाने भन्ने पनि पछिल्लो समय सुनिएको छ, खास कुरा के हो ?

– एकदिन प्रधानमन्त्रीले ‘तपाईंलाई मैले तुरुन्तै संसद्‍ लैजान्छु’ भनेर भन्नुभएको हो। मैले कहाँ लैजानुहुन्छ भनेर सोधेँ।

उहाँले ‘राष्ट्रिय सभामा लैजान्छु’ भन्नुभयो। त्यसपछि मैले उहाँलाई भने राष्ट्रियसभामा म त्यसबेला जान्छु। जब नेपालको संविधान संशोधन गरेर राष्ट्रियसभाका सदस्य पनि प्रधानमन्त्री हुन पाउँछन्। म प्रधानमन्त्री हुनुपर्छ, तपाईं होइन वा प्रचण्ड हुनुहुन्न भनेको होइन। तर म त्यस्तो संस्थामा सदस्य हुँदैन, जहाँ संसद्‍ एउटा संसद् भाग्यशाली र अर्को संसद् चाहिँ दुर्भाग्यशाली भएको होस्।

म जहाँ रहेपछि कार्यकारीसहितको शक्तिशाली संस्थामा रहन चाहन्छु।

राष्ट्रियसभा र प्रतिनिधिसभाका सदस्यबीचको हैसियतमा असमानता छ भन्ने बुझाइ हो तपाईंको ?  

-हो, यो असमानता हटाउनुपर्छ। म शक्तिशाली संस्थामा रहन चाहन्छु। मेरो स्वभाव पनि त्यस्तै खालको छ।

वामदेव गौतमले प्रधानमन्त्री बन्न हतार गरेको भनेर बुझ्दा के हुन्छ ?   

-के फरक पर्‍यो त। वामदेव प्रधानमन्त्री बन्न हुन्न ? मैले खोजेकै हो। म प्रधानमन्त्री बन्नुपर्छ भन्ने कुरा त गएकै निर्वाचमना भनिएको हो। २०७० को निर्वाचनमा प्यूठान र बर्दियामा भावी प्रधानमन्त्री भनेर लगिएको हो, मलाई। विसं २०७४ को निर्वाचनमा अध्यक्ष ओली र प्रचण्ड तथा सबैले भनेको कुरा के हो भने तपाईंका समकक्षी हामी प्रधानमन्त्री भइसक्यौँ।

अब पहिलो पटक प्रधानमन्त्री हुने तपाईं नै हो, तपाईं नै लाग्नुस्। उहाँहरुले नै भनेको हो। चुनावमा गइयो, हारियो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रस्तावित उपाध्यक्ष गौतमसँग प्रकाश सिलवाल, रमेश लम्साल र शरद शर्माले गरेको संवादको सम्पादित अंश :   

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार