प्रचण्डलाई सामाजिक संजालबाट गाली गरेपछि प्रेस सल्लाहकार सूर्य थापालाई प्रधानमन्त्री केपी ओलीले कार्वाही गर्ने भएका छन् ।

प्रेस सल्लाहकारका रुपमा नियुक्त थापाका कारण प्रधानमन्त्रीको सचिवालयमा विवाद बढेको छ । फेसबुक स्टाटसका कारण थापा पछिल्लो समय विवादमा परेका छन् । उनले नेकपाका अध्यक्ष प्रचण्डलाई होच्याइएको एउटा लेख गत सोमबार फेसबुकमा शेयर गरेका थिए । पार्टी एकता नगरेको भए प्रचण्ड एउटा सानो पार्टीको अध्यक्षमा सिमित हुन्थे भन्ने कुरालाई तानेर उनले सो लेख शेयर गरे । जसमा उनीप्रति धेरैले आलोचना गरेका छन् । खासगरी पूर्व माओवादी कार्यकर्ताहरुले आक्रोशपूर्ण टिप्पणी गरेका छन् ।

सो कुरा नेकपा अध्यक्ष प्रचण्डले पनि हेरें । प्रधानमन्त्रीकै प्रेस सल्लाहकारले त्यसरी आफूलाई सामाजिक सञ्जालमा होच्याएको थाहा पाएपछि उनले ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई गुनासो गरे ।

रिमालले तत्कालै थापालाई फोन गरेका थिए । महत्वपूर्ण पदमा रहेको व्यक्तिले त्यसरी सामाजिक सञ्जालमा विवादित कुराहरु लेख्दा र शेयर गर्न नहुने भन्दै रिमालले उनलाई सम्झाउन खोजेका थिए । तर, थापाले त्यो आफ्नो व्यक्तिगत अधिकारको कुरा भएको भन्दै फोन राखिखिएका थिए । सोही कुरा रिमालले प्रधानमन्त्री ओलीलाई बिफ्रिङ गरिसकेका छन् । थापाको त्यस्तो गतिविधि थाहा पाएपछि प्रधानमन्त्री ओलीले थापालाई स्पष्टिकण सोध्ने तयारी गरेको स्रोत बताउँछ ।

पार्टीको केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीको प्रेस सल्लाहकार जस्तो व्यक्तिले आफ्नो व्यक्तिगत अधिकारको कुरो भन्दै सामाजिक सञ्जालमा जथाभावी लेखेपछि त्यसले प्रधानमन्त्रीलाई नै असर पुगेको छ ।

त्यसरी आफ्नो आलोचना भएपछि उनले सोमबार बेलुका नै फेसबुकमा अर्काै स्टाटस लेखे । जसमा ढेंडु जस्ता शब्द राखिएका छन् । पूर्व माओवादीलाई लक्षित गरी उनले त्यसरी गाली गलौचपूर्ण स्टाटस लेखेका छन् । त्यसले पनि थप विवाद निम्त्याएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार