सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदन पेस गरेको प्रतिवेदनले देशमा ओली नेतृत्व सरकारले सुशासन दिन नसकेको बताएको छ ।

स्थायी समिति बैठक बस्नुअघि अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहितको सचिवालय बैठकबाट सहमति जुटाइएको प्रचण्ड लिखित प्रतिवेदनले यस्तो बताएको हो ।

सचिवालयले तय गरेका पाँचबुँदे कार्यसूची लिएर बसेको बैठकमा प्रतिवेदन पेश भएपछि सामान्य छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

उनका अनुसार बैठकमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन, विधान संशोधन, आगामी केन्द्रीय कमिटी बैठक तय गर्ने, नेपाल भारत सीमा समस्यालगायतका एजेण्डा पेस भएका छन् । यी एजेण्डामा भोलि पुनः बस्ने स्थायी कमिटी बैठकमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताए ।

दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय परिस्थिति, पार्टी एकताको सदृढीकरण, सरकारका कामकाे सामान्य समीक्षा, उपनिर्वाचनको समीक्षा, आगामी कार्ययोजनालगायत छन् ।

प्रतिवेदनमा दाहालले उपनिर्वाचनमा पार्टी तुलनात्मक रूपमा कमजोर भएको, कालापानी सीमा विवादमा पार्टीको स्पष्ट दृष्टिकोण हुनुपर्नेलगायतका विषय समेटिएका छन् ।

सरकारलाई भ्रष्टाचार र सुशासनको क्षेत्रमा सन्तोषजनक काम गर्न नसकेको आरोप लागि रहेका बेलासत्तारुढ दलको बैठकले पनि सुशासनको क्षेत्रमा सरकारले प्रगति गर्न नसकेको निष्कर्ष निकालेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारको कामकारबाहीको समीक्षा गर्दै सुशासन र भ्रष्टाचार नियन्त्रणमा खास प्रगतिको अनुभूति हुन नसकेको निष्कर्ष निकालेको हो ।

सो कुरा सत्तारुढ दलकै अध्यक्ष पुष्पकमल दाहालले सरकारको समीक्षा गर्दै तयार गरेको प्रतिवेदनमा पनि सो कुरा सार्वजनिक गरिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार