भारतीय हस्तक्षेप र जनजीविकाका विषयमा लिएर विप्लव नेकपा निकट युवा संगठन र विद्यार्थाीले गरेको शान्तिपूर्ण युवा र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ ।
सोमबार दिउँसो २ बजे काठमाडौंको सोह्रखुट्टेमा भेला भएर विरोध र्याली आयोजना गर्न खोज्दा सयौंको संख्यामा रहेका प्रहरीले हस्तक्षेप गरेको छ ।
अहिले विरोध र्याली आयोजना गर्ने आयोजक र प्रहरीबीच झडप भएको समेत हाम्रो जनपाटी अनलाइन संवाददाता हरि पुनले बताएका छन् ।
पछिल्लो खबरबारे हामी थप समाचार अपडेट गर्नेछौं ।

फाइल तस्बिर
बुटवलमा मोहन विक्रम सिंह लडेको खबरबाट राष्ट्रिय मिडिया नैं बेखबर बनेपछि‘। सिंहबाट के सिक्ने ?
वास्तवमा सिंह नेपालका थुप्रै कम्युनिस्ट नेताहरुमध्येमा उनी सरल नेताका रुपमा चिनिन्छन् । उनले नबुझाएको र न सिकाएको सायद कुनै बामनेता होला नेपालमा । उनका अनेक चेलाचपेटा सिंहदरवारमा रहेकाछन् तर
शुक्रबार बेलुकी बुटवलस्थित मिलनचोकको आकाशे पुलनजिक सडकपेटीमै उनी ढलेपछि सिंहलाई उपचारका लागि कालिकानगरस्थित चौराहा हस्पिटल प्रालि पुर्याइएको थियो। करिब दुई घण्टा उपचार गरेपछि सिंहलाई अस्पतालले घर पठाइदिएको छ। लडेर ठोक्किँदा निधार केही सुन्निएको, तर स्वास्थ्यअवस्था सामान्य रहेको चौराहा अस्पतालका चिकित्सकहरुले जानकारी दिएका छन्।
बुटवलमा रहेको केन्द्रीय कार्यालयमा पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गरेपछि सिंह चौराहातर्फ पैदल हिँडेर जाँदै थिए। सोही क्रममा उनी लडेका हुन्। ८४ बर्षीय सिंह नेपालको वामपन्थी आन्दोलनका पुराना नेता हुन्। मोहनविक्रमकै कम्युनिष्ट पाठशालामा हुर्किएका धेरै नेताहरु अहिले राष्ट्रिय राजनीतिमा स्थापित भएका छन्।
राजनीतिमा निष्ठा होइन सर्वपुज्य शत्ता हुने गर्छ भन्ने कुरा पनि उनको अवस्थाले देखाएको छ ।







