सीमा समस्या दीर्घकालीन रुपमा समाधान भारत तयार हुन्छ ?
सबै समस्याको समाधान गर्ने हाम्रो दायित्व हो । किन भने हामी नेपाली जनता र नेपालप्रति उत्तरदायी छौं । समस्या समाधान गर्न आवश्यक छ, गर्नुपर्छ । यो जुन समस्या छ, यो अहिलेको होइन ।
कालापानी समस्या त ६० वर्ष भइसक्यो नि ?
यो समस्या समाधानका लागि दुई देशको सरकारबीच उच्च स्तरीय वार्ता हुनुपर्छ । दुई देशका जनता र सरकार मिलेर समस्या समाधानमा लाग्ने हो भने केही समस्या छैन । त्यसको लागि विभिन्न दस्तावेजहरु छन् ।
यो समस्या वार्ताबाटै हुनुपर्छ हो ?
उच्चस्तरीय कुटनीति वार्ताको विकल्पै छैन । नेपाल र भातरबीचको जुन डिप्लोमेटिक च्यानल छ, त्यो धेरै राम्रो र सुदृढ छ । यो एकदमै मजबुत पनि छ, त्यसैको माध्यमबाट यो समस्या समाधान हुन्छ । यसको लागि राजनीतिक र कुटनीतिक तहमा वार्ता गरेर समस्या हल गर्नुपर्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कालापानीबाट भारतीय फौज हट्नुपर्छ भन्नुभएको छ नि ?
यसको बारेमा मैले अगाडि नै भनिसकेको छु । उच्चस्तरीय राजनीतिक र कुटनीतिक तहको वार्ताबाट हुनुपर्छ । यो धेरै पुरानो कुरा हो । त्यसले विभिन्न प्रमाणका आधारमा बसेर वार्ता गर्नुपर्छ । यसको लागि बडो सौहार्दतापूर्वक ठण्डा दिमागले वार्ता गर्नुपर्छ ।
अब सीमा समस्या समाधान हुन्छ ?
हरेक चिजको समस्याको समाधान छन्, हुनुपर्छ र हुन्छ ।
कसरी हुन्छ ?
यसमा कसैले दबाब दिनुपर्दैन, समाधान हुन्छ ।
अहिले भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीको केमेस्ट्रि मिलेको छ ?
उहाँहरुबीचको सम्बन्ध धेरै राम्रो छ । उहाँहरु एकआपस धेरै मिल्नुहुन्छ । उहाँहरुबीच वन टु वन वार्ता, कुराकानी हुन्छ । त्यसैले मलाई लाग्छ उहाँहरुबीच अत्यन्तै प्रगाढ सम्बन्ध छ ।
दुई देशबीच असमझदारी छैन ?
छिमेकी भएपछि सानातिना समस्या होलान्, त्यसलाई आपसी समझदारीबाट टुंग्याउनुपर्छ । विकास निर्माणका विभिन्न विषयहरु छन् । कुनै मुद्दाहरु धेरै पेचिला पनि होलान् तर त्यसलाई आपसी छलफलबाट हल गर्नुपर्छ । अहिलेको समस्याको बारेमा पनि हामीले छलफलको माध्यमबाट समाधान निकाल्नुपर्छ । जहाँ आर्थिक र सामाजिक र पारिवारिक कुरा जोडिएका छन् त्यहाँ वादविवाद सामान्य कुरा हुन् । किन भने हामी दुई देश हौं, हाम्रा आफ्ना चाहना, इच्छाहरु छन् ।

नेपाल–भारतबीच प्राचीनकालदेखि नातेदारको सम्बन्ध रहिआएको छ । हामीहरुबीच आर्थिक, सामाजिक, पारिवारिक र धार्मक सम्बन्ध छ । अनि किन असमझदारी गर्नुपर्छ ।

भारतीय राजदूत मञ्जिव सिंह पुरीले ऋषि धमलासँग गरेको कुराकानीको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार