नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा बिहीबार वरिष्ठ नेता माधवकुमार नेपाले पार्टी संचालनको सम्बन्धमा आफ्नो असहमती कामय रहेको बताएका छन् ।

उनले ३ भदौमा राखेको ७ बुँदे असहमति कायम रहेको बताएका हुन् । उनले विधिको पालना र सरकारले काम गर्ने इच्छा शक्ति देखाउनु पर्ने बताए ।

बैठकमा १० जनाले बोलेका थिए । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनताको जनवाद असान्दर्भिक भएको उल्लेख गर्दै अबको कार्यभार समाजवाद हुनुपर्ने धारणा राखे ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारसमेत रहेका विष्णु रिमालले सरकारको बचाउ गर्दै नेतृत्वको आलोचना गर्नु आफ्नै घाउ कोट्याउनु जस्तो भएको बताए ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, ईश्वर पोखरेल, रामबहादुर थापा, भिम आचार्य चक्रपाणी खनाल, किरण गुरुङ र सुभाष नेम्बाङले बोलेका थिए । अर्को बैठक शनिबार बस्ने भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार