
पृथ्वीका सबैभन्दा धनी परिवारले प्रत्येक मिनेट ७० हजार डलर, घण्टाको ४० लाख डलर र हरेक दिन १० करोड डलरले झन झन आफ्नो सम्पत्ति बढाइरहेका छन् ।
उनीहरुले नै विश्वमा कूल १४ खर्ब बराबर सम्पति सञ्चालन गर्ने गरेका छन् । यसरी विश्वका २५ सबैभन्दा धनी परिवारहरुसँग अघिल्लो वर्षको तुलनामा २५० अर्ब बढी सम्पति जम्मा भइसकेको छ ।
यहि गतिमा अघि बढ्ने हो भने उनीहरुको सम्पत्ति हामीले समाचार पढ्न सुरु गर्दागर्दै २३ हजार डलरले बढिसकेको छ ।
यसरी अहिलेको पिँढी अत्यधिक सम्पत्ति र क्रुर आर्थिक असमानताको बीचमा संघर्षरत् रहेको यसबाट पनि स्पष्ट हुन्छ । स्निकर्स, मार्स, मिल्कीवे, ट्विीग्स, एम एण्ड एमलगायत सबैभन्दा प्रख्यात चकलेट निर्माता मार्स परिवारले यसवर्ष मात्र आफ्नो ३७ अर्ब डलरको समपतिलाई १२७ अर्ब पुर्याएको छ ।
त्यस्तै साउदीको शाही परिवार पनि हाल १०० अर्ब डलर बराबरको सम्पत्तिको मालिक रहेको छ । यता भारतका अम्बानी परिवारले पनि आफ्नो सम्पति ७ अर्ब डलरबाट ५० अर्ब डलर पुर्याइसकेका छन् ।
यसरी शीर्ष २५ धनी व्यवसायी परिवारको सूचीमा सबैभन्दा अन्तिम स्थानमा टिकट्याक मिन्ट र न्युटेला ब्रान्डका मालिक फेरो परिवारले रहेका छन् भने हाल वालमार्ट विश्वकै सबेभन्दा बढी आम्दानी गर्ने रिटेलर कम्पनी बनेको छ ।
यसको विश्वव्यापी ११ हजार भन्दा धेरै स्टोर छन् र ५१४ अर्ब डलर बराबर व्यापार हुने गर्दछ । पृथ्वीमा अमेरिकाका मात्र ०.१ प्रतिशत धनीहरुले १९२९ मा विश्वको कूल सम्पति भन्दा बढी पैसा सञ्चालन गरिरहेका छन् । तर बिस्तारै एसिया र युरोप पनि यस दौडमा धेरै अगाडि आइसकेका छन् । विश्वव्यापी रुपमा २५ सबैभन्दा धनी परिवारहरुले अघिल्लो वर्षको भन्दा २४ प्रतिशत बढी सम्पत्ति कमाएका हुन् ।
यसले धनी र गरिबबीचको अन्तर असयम्भव रुपमा बढाइदिएकाप्रति अधिक चिन्ता व्यक्त गरिएको छ ।







